विप्लवको कार्यालयमा प्रहरीको छापा, हतियार बरामद



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो ।

सोमबार दिनभर झापा र इलाका प्रहरी कार्यालयले चलाएको अपरेशनका क्रममा तीन जना नेतासमेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् । पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ ।

प्रहरीले कार्यालयबाट दुई वटा कटुवा पेस्तोल र ४ राउण्ड गोली पनि बरामद गरेको छ । प्रहरीले पक्राउ परेकालाई सार्वजनिक र विस्तृत विवरण बताउन मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...