भ्रमण वर्षमा एनआरएन परिचालन गरौं : सांसद



हाम्रो इकोनोमि

 

नेपाल भ्रमण वर्ष सफल बनाउन गैरआवासीय नेपालीहरुलाई परिचालन गर्न सांसदहरुले सुझाव दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार गरेको छलफलमा संसदीय मैत्री समूहका संयोजक सांसदहरुले सो सुझाव दिएका हुन् ।

छलफलमा सांसदहरुले विदेशस्थित नेपाली नियोग र गैरआवासीय नेपाली संघ परिचालन गरी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालनको वातावरण बनाउन सुझाव दिए ।

सांसदहरुले पर्यटकीय पूर्वाधार निर्माण, प्रमुख पर्यटन बजारमा प्रचार प्रसारमा समेत ध्यान दिन मन्त्रालय तथा भ्रमण वर्ष सचिवालयको ध्यानाकर्षण गराएका थिए ।

विदेश रहेका नेपालीको बानी व्यवहार, उनीहरुले गर्ने प्रवर्द्धन नै नेपालमा पर्यटक ल्याउने सन्दर्भमा प्रभावकारी हुने सांसदहरुको सुझाव थियो । भ्रमण वर्ष सफल बनाउन आफ्नो तर्फबाट पूर्णसहयोग रहने प्रतिवद्धता उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...