युवा–विद्यार्थीलाई प्रचण्डले भने जनतामा भ्रम छर्न खोज्ने अराजक तत्वको सचेत प्रतिवाद गर्नुस्



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध जनतामा भ्रम छर्न अराजक तत्वहरु लागिपरेकोले त्यसको सचेततापूर्वक प्रतिवादमा उत्रन निर्देशन गरेका छन् ।

कलिलै अवस्थामा रहेको अहिलेको ब्यवस्थाका विरुद्ध प्रतिगामी, अराजक तत्वहरु योजनावद्ध षडयन्त्रमा लागेको भन्दै अध्यक्ष प्रचण्डले त्यस्ता षडयन्त्रका विरुद्ध सचेततापूर्वक प्रतिवादमा उत्रन युवा विद्यार्थीलाई अपिल गरेका हुन् ।

दिवंगत पार्टी नेता पोष्टबहादुर वोगटीको ५ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्वराहीमा आयोजना गरिएको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रचण्डले पार्टीका युवा विद्यार्थीलाई त्यस्तो निर्देशन गरेका हुन् ।

म खासगरी युवा विद्यार्थीहरुलाई विशेष अपिल गर्न चाहान्छु, केही त्यस्ता अराजक तत्वहरुले जनतामा भ्रम सिर्जना गर्ने र हत्केलाले सूर्य छेक्न खोजेको जस्तो गरी दुस्साहस गर्नेहरुप्रति सचेत रहन र त्यसको प्रतिवाद गर्न पनि म विशेष रुपले अपिल गर्छु ।’ युवा विद्यार्थीलाई निर्देशन गर्दै प्रचण्डले भने ।

अहिलेको परिवर्तनका लागि जनताको सर्वाेतम छोराछोरीको वलिदान, त्याग समर्पण रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विरोधीहरु कलिलैमा अहिलेको परिवर्तनलाई निमोठने दुस्साहस प्रयासमा लागेको बताए ।

अहिलेको ब्यवस्था संस्थागत हुदैछ । यो भर्खरै जन्मिएको कलिलो वच्चा नै छ । सिष्टम कलिलै छ । यसका विरोधीहरुले कलिल्यैमा यसलाई निमोठ्न, मार्न सकिन्छ की भनेर छटपटिएको तपाई हामीले देख्छौं । त्यसका लागि भ्रम, अराजकताको वातावरण बनाउने प्रयास भएको देखेका छौं, ’ उनले भने,–‘ अहिलेको परिवर्तन ल्याउन सवैभन्दा राम्रा छोराछोरीले वलिदान गरेर ल्याएको परिवर्तन सस्थागत गरेर जान र शहीदले देखेको समना पूरा गर्न सवैले आ–आफनो ठाउमा रहेर भूमिका खेल्न जरुरी छ । ’

प्रचण्डले नेता पोष्टबहादुर वोगटी (दिवाकर)को ब्यक्तित्वका वारेमा चर्चा गर्दै वोगटीको सपना पूरा गर्नुका लागि पनि परिवर्तन सस्थागत गदै समाजवादको वाटोमा हिडनु भएको बताए ।

उनले पार्टीको अवको कार्यक्रम समाजवाद रहेको भन्दै त्यसका लागि साम्रज्यवाद र दलाल पूजीवादको घेरा तोडने र आफैभित्रको पनि ब्यीक्तगत आत्मकेन्द्रीत स्वार्थी घेरा तोडेर अगाडी बढ्न सक्नु पर्ने धारणा राखेका थिए ।

‘निक्कै चुनौतिपूर्ण काम छ समाजवादमा जानका लागि । सजिलो छैन । चारैतिरवाट पुजीवाद र साम्राज्यवादवाट हामी घेरिएका छौं । ब्यक्तिवादी आत्मकेन्दीत स्वार्थवाट घेरिएको अवस्थामा हामीले समाजवादको कुरा गरेका छौं ’ प्रचण्डको भनाई थियो, –‘यी सवै घेरा तोडेर हामीले समाजवादको दिशामा अगाडी जानुपर्नेछ ।‘

वोगटी उच्च धरातल भएको, अन्त्यन्त मिलनसार, शालिन नेता रहेको स्मरण गर्दै प्रचण्डले पार्टीका अप्ठयारा काममा वोगटीले खेलेको भूमिका पार्टीले सधै सम्झिरहने वताए ।

जनयुद्ध शुरु हुदा प्रमुख केन्द्रको जिम्मेवारी लिएर काम गरेका नेता वोगटीको २०७१ भदौं ३० मा हृदयघातबाट निधन भएको थियो ।

‘जहा अप्ठायारो हुन्थ्यो, त्यहा पार्टीले खटाउने र उहाको ब्यवहार कुशलता धेरै थियो । सवैको निम्ति प्यारो नेताको छवि वनाउनुभएको थियो  । पहिलो संविधानसभामा पार्टीका तर्फवाट प्रमुख सचेतकका रुपमा सदनमा खेल्नु भएको भूमिकाले पनि उहा सवैका प्यारो वन्नु भएको थियो,’ दिवाकरलाई सम्झदै प्रचण्डले भने,–‘मन्त्रीका रुपमा उर्जा या पर्यटन हुदा महत्वपूर्ण काम आफनो कार्यकालमा उहाँले शुरु गर्नुभएको थियो । वडो सरल, सहज ढंगले घुलमिल हुने, पारिवारिक र भावनात्मक वातावरण वनाउने र त्यो सम्वन्धलाई राजनीतिमा जोडेर लैजान सक्ने क्षमता वोगटीमा थियो ।’

वोगटीको निधन यति छिट्टै हुने कल्पना पार्टीका कुनै नेताले नगरेको पनि प्रचण्डले बताए ।

‘यति छिटो विदा हुनुहुन्छ भन्ने कहिल्यै सोचिएको थिएन, स्वस्थ्यका रुपमा पनि उहाँ पार्टीका अन्य नेताहरुको तुलनामा स्वस्थ्य नै हुनुहन्थ्यो, त्यस्तो रोग पनि उहामा देखिएको थिएन । ’ प्रचण्डले भने –‘नीति र नेतृत्वमा एक खालको समर्पण भाव अन्तिम सम्म पनि राख्न सक्ने क्षमता उहामा थियो । श्रमजीवि वर्गको भरपर्दाे नेताका रुपमा जनताले भरोसा गरेको नेता उहाँ हुनुहुन्थ्यो ।’

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल , नेताहरु अमिक शेरचन लगायत नेताहरु सहभागी थिए ।

वरिष्ठ नेता झलनाथ खनालले पनि वोगटीसँगको सम्बन्धका विषयमा कार्यक्रममा चर्चा गरेका थिए । पहिलो संविधानसभामा वोगटीले खेलेको भूमिका स्मरण गदै उनले वोगटी सरल , सादगी र निष्ठावान नेता भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...