आज नेकपाका चार नेताको बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका चार जना नेताहरूको बैठक अहिले  प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्

चार जना नेताहरूको बैठकले पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल गरिरहेको छ।

पोहोर साल जेठमा तत्कालीन नेकपा एमाले  र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा अझै केही आयोग र मञ्चहरूमा नेतृत्वको टुंग्याउन बाँकी छ।

चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ। स्रोतका अनुसार सचिवालय बैठक मंगलबार बस्ने सम्भावना छ।

चार नेताको बैठकले छिट्टै राख्ने भनिएको स्थायी समिति र केन्द्रीय समितिको बैठकका एजेन्डा र पार्टीले चलाउने भनेको राष्ट्रिय अभियानबारे पनि छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...