आज नेकपाका चार नेताको बैठक बालुवाटारमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका चार जना नेताहरूको बैठक अहिले  प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्

चार जना नेताहरूको बैठकले पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंग्याउने विषयमा छलफल गरिरहेको छ।

पोहोर साल जेठमा तत्कालीन नेकपा एमाले  र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपामा अझै केही आयोग र मञ्चहरूमा नेतृत्वको टुंग्याउन बाँकी छ।

चार नेताहरूको बैठकले अब बस्ने पार्टी सचिवालय बैठकमा ती विषय टुंग्याउनेबारे छलफल गरेको बालुवाटार स्रोतले बताएको छ। स्रोतका अनुसार सचिवालय बैठक मंगलबार बस्ने सम्भावना छ।

चार नेताको बैठकले छिट्टै राख्ने भनिएको स्थायी समिति र केन्द्रीय समितिको बैठकका एजेन्डा र पार्टीले चलाउने भनेको राष्ट्रिय अभियानबारे पनि छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...