पर्यटन मन्त्री भट्टराईले सांसद्का प्रश्नको जवाफ दिने



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् । आइतबार मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले मन्त्रालयका कामकारबाहीबारे मौखिक प्रश्नहरूको उत्तर दिन लागेका हुन् ।

त्यस्तै आजकै बैठकमा गृह मन्त्री रामबहादुर थापा बादलले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ र ‘प्रहरी समायोजन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन’ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६’ पेस र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘वातावरण संरक्षण विधेयक, २०७५’ राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...