विजय गच्छदारले भने अब म कांग्रेस छोड्छु



हाम्रो इकोनोमि

 

तत्कालीन लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समायोजन भएको दुई वर्ष भइसकेको छ । लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले कछुवाको गतिमा काम गर्दै आएको छ ।

दुई वर्षसम्म पनि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई कांग्रेसमा समायोजन गर्न नसक्दा कार्यकर्तामा निरासा छाउनु स्वभाविक हो । नेपाली कांग्रेसमा विजयकुमार गच्छदार मात्रै समायोजन भएका छन् ।

अरु नेताहरु समायोजन हुन सकेका छैनन् । गच्छदारले समायोजन नभएका तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका नेताहरुलाई देखाएर नेपाली कांग्रेसभित्र बार्गेनिङ गर्दै आएको खुलासा भएको छ । गच्छदारको यो हर्कत गत मंगलबार छताछुल्ल भएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको दोस्रो चरणको हिमाल, पहाड, तराई मधेस राष्ट्रिय जागरण अभियानमा फोरम लोकतान्त्रिकका नेताहरूलाई पनि केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका छन् ।

ती नेताहरू तोकिएको जिल्ला जान तयारी अवस्थामा थिए । तर, गच्छदारले ती नेताहरुलाई फोन गरेर केन्द्रीय प्रतिनिधिका रुपमा जान दिएनन् ।

‘कांग्रेसभित्र कुरा मिलेको छैन । तपाईहरूलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । नजानु होला’, फोरम लोकतान्त्रिक निकटका एक पूर्वमन्त्री समेत रहेका नेताले नाम उल्लेख नगर्ने सर्तमा भने,‘गच्छदारले हामीलाई जान दिनु भएन । आफू भने कार्यक्रममा सहभागी हुन सुनसरी जानुभयो । तर, उहाँले हामीसँग आफू पनि कार्यक्रममा नजाने बताउनु भएको थियो ।’

नेपाली कांग्रेसका उपसभापति गच्छदारले तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरुलाई देखाएर पार्टीभित्र बार्गेनिङ गरेपछि विभिन्न आशंकाहरु जन्मिएका छन् ।

गच्छदारकै कारण फोरम लोकतान्त्रिकलाई समायोजन गर्न ढिलाइ भएको हो कि भनेर आशंकाहरु उठेका छन् । गच्छदारले आफू निकटका नेताहरुलाई कांग्रेसका नेताहरुले धोका दिएको बताउने गरेका छन् ।

तर, भदौ २४ गतेको राष्ट्रिय जागरण अभियानमा जानबाट नेताहरुलाई रोकेकोमा आलोचना बढेको छ । फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरी भने उपसभापति गच्छदारको निर्देशन बेवास्ता गरेर कैलालीको जागरण अभियानमा सहभागी भए ।

कार्यक्रममा प्रमुख अतिथि बनेर उनले गज्जबको भाषण समेत गरे । उनले फोरम लोकतान्त्रिकलाई छिटोभन्दा छिटो पार्टीमा समायोजन गरेर काम दिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...