राति ११ बजे गाउँपालिकाको गाडीमा आगजनी



हाम्रो इकोनोमि

 

सल्यान जिल्लाको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भएको छ । गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति साढे ११ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए । उनले यसअघि आफूलाइ काहीँ कतैबाट धम्की या जानकारी नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न नसकिएको बताए ।

गाडी पूर्ण रुपमा क्षति भएको र अन्य कुनै क्षति नभएको स्थानीय शिक्षक धर्मराज घर्तीले जानकारी दिए । जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...