कुनै शक्ति राष्ट्रको सैन्य तालिममा नेपाल सहभागी नहुने



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कुटनीतिक सम्बन्धको लाइनलाई विस्तारमा व्याख्या गरेका छन् । इलाममा प्रशिक्षण दिनका लागि पुगेका उनले शनिबार बिहान पत्रकारसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । उनले शक्ति राष्ट्रहरूले अघि सारेका कुनै पनि सैन्य तालिममा नेपालको सहभागीता नहुने खुलाए ।

‘हाम्रो विदेश नीति बडो प्रस्ट छ । असंलग्न, स्वतन्त्र नेपालको विदेश नीतिको आधार, सिद्धान्त र मान्यता हो । त्यसबाट नेपाल कहिं कतै विचलित छैन, हुँदैन’, उनी भन्छन्,‘हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं । राष्ट्रको स्वतन्त्रतालाई केन्द्रमा राखेर असंलग्न रहन्छौं र हाम्रो परराष्ट्र नीति स्वतन्त्र रहन्छ ।’

नेपाललाई चीन, अमेरिका र भारतले तीनतिरबाट विश्वमा आफूनिकट देखाउन खोजेको सन्दर्भलाई प्रचण्डको विचारले चिरेको छ । नेकपाको विदेशनीतिबारे प्रस्ट रहेका उनी भन्छन्,‘बिमस्टेक सन्दर्भको सैन्य अभ्यासको कुरा होस् वो इन्डो प्यासेफिक अन्तर्गत कुनै सैन्य गठबन्धनको कुरा होस्, हामी त्यसमा संलग्न हुन सक्दैनौं ।’

मुलुकको हित विगार्ने कुटनीतिक अभ्यासमा नेपाल सरकारको सहभागीता नहुने जनाएका उनी थप्छन्,‘कुनै पनि सैन्य अभ्यास, गठबन्धन वा रणनीतिक उद्देश्यसहितको हाम्रो राष्ट्रलाई असर गर्ने काममा संलग्न छैनौं, हुँदैनौं ।’

हरेक मुलुकसँग कुटनीतिक सम्बन्ध र व्यवाहार नै प्रस्ट हिसाबले राखेका प्रचण्ड हालै नेपालमा भएको चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा भएको छलफललाई स्मरण गर्दै थप्छन्,‘चिनियाँ विदेशमन्त्री आउँदा प्रधानमन्त्रीजी, मैले र परराष्ट्रमन्त्रीजीले भनेको कुरा त्यही नै हो । हामी कुनै खाले सैन्य गठबन्धनमा जाँदैनौं, सामेल हुँदैनौं । योे प्रस्ट होस् भन्ने चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...