नेपाल ओलम्पिक कमिटीको चुनाव, जीवनराम र उमेशलाल अध्यक्षमा भिड्दै



 

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउँदै चुनावको बाटो खोलेको थियो । जसका कारण शनिबारका लागि चुनाव तय भएको हो ।

मतदातालाई रिझाउन अहिले दुवै अध्यक्षका उम्मेद्वार निकै मेहनत गरिरहेका छन् । जीवनराम श्रेष्ठ आफ्नो कामको मूल्याङ्कन साथीभाइले गर्लान् भन्नेमा विश्वस्त छन् भने उमेशलाल श्रेष्ठ पनि यस पटक बाजी मार्नेमा आशावादी छन् ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदातामध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन् । महासचिवमा जीवनरामका तर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिष्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । पाँच उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि चार जनाले र सात सदस्यका लागि आठ जनाले उम्मेद्वारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उपहासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योती राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।

त्यस्तै, कोषाध्यक्षमा भने रतनकुमार टण्डनको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा राखेपका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिनाको मात्र उम्मेदवारी छ । त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।

सात सदस्यका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सदस्य पदमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको