नेपाल ओलम्पिक कमिटीको चुनाव, जीवनराम र उमेशलाल अध्यक्षमा भिड्दै



हाम्रो इकोनोमि

 

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउँदै चुनावको बाटो खोलेको थियो । जसका कारण शनिबारका लागि चुनाव तय भएको हो ।

मतदातालाई रिझाउन अहिले दुवै अध्यक्षका उम्मेद्वार निकै मेहनत गरिरहेका छन् । जीवनराम श्रेष्ठ आफ्नो कामको मूल्याङ्कन साथीभाइले गर्लान् भन्नेमा विश्वस्त छन् भने उमेशलाल श्रेष्ठ पनि यस पटक बाजी मार्नेमा आशावादी छन् ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदातामध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन् । महासचिवमा जीवनरामका तर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिष्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । पाँच उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि चार जनाले र सात सदस्यका लागि आठ जनाले उम्मेद्वारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उपहासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो चुनावमा पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योती राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।

त्यस्तै, कोषाध्यक्षमा भने रतनकुमार टण्डनको मात्र उम्मेदवारी परेको छ । उपमहासचिवमा राखेपका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिनाको मात्र उम्मेदवारी छ । त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।

सात सदस्यका लागि आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सदस्य पदमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...