झलनाथ खनालले भने पार्टीभित्रको समस्या समाधान भइसक्यो



हाम्रो इकोनोमि

 

पाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।

नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ । नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसकेका छन् ।

तर, नेता खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको जिकिर गरेका छन् । ‘पार्टी एकीरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ’, गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले भने ।

फरक प्रसंगमा खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए ।

स्थानीयस्तरमा विकासको लहर चलेको दाबी नेता खनालको छ । ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्य, जनप्रतिनिधिहरुले गहन रूपले अध्ययन गर्न उनले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...