झलनाथ खनालले भने पार्टीभित्रको समस्या समाधान भइसक्यो



हाम्रो इकोनोमि

 

पाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।

नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट छ । नेता नेपालले आफ्ना असहमतिहरू सार्वजनिक गरिसकेका छन् ।

तर, नेता खनालले पार्टीभित्र विगतमा समस्या भए पनि अहिले नरहेको जिकिर गरेका छन् । ‘पार्टी एकीरणको सुरुआतमा केही असहजता देखिएका थिए । यद्यपि, अहिले त्यो समाधान भइसकेको छ’, गृह जिल्ला इलामको फिक्कलमा नेकपाले आयोजनाका गरेको कार्यक्रममा नेता खनालले भने ।

फरक प्रसंगमा खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताए ।

स्थानीयस्तरमा विकासको लहर चलेको दाबी नेता खनालको छ । ५६ वर्ष लगाएर क्रान्ति सम्पन्न गर्दै उपलब्धिसहित नयाँ नेपालको संविधान बनाउन सफल भएको भन्दै अहिलेको संविधानलाई प्रत्येक पार्टीका सदस्य, जनप्रतिनिधिहरुले गहन रूपले अध्ययन गर्न उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...