केपी ओली र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता



हाम्रो इकोनोमि

 

२० दिन अघि चर्काचर्की गरेर बाझेका प्रधानमन्त्री केपी ओली र नेकपाका वरिष्ठ नेता माधव नेपालका बीचमा २५ भदौंमा वालुवाटारमा भेट भयो । त्यो पनि एक्लाएक्लै होइन, पार्टीका अन्य नेताहरु प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामवहादुर थापा र विष्णु पौडेलसँगै ।

पार्टी सचिवालय बैठकको अवसर पारेर यी दुई नेताका बीचमा भेट भएको थियो । तर पनि खास सम्वाद भने नभएको एक सचिवालय सदस्यले बताए ।

‘ब्यक्तिगत कुराकानी भएन, बैठकमा सामुहिक छलफल गर्दा मात्र दोहोरो सम्वाद भएको थियो,’ सचिवालयका एक सदस्यले सफलखबरसँग भने,–‘दुवै नेता एक अर्कासँग खास खुलेनन् ।’

५ भदौंमा बालुवाटारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालका बीचमा चर्काचर्की परेको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर चर्केको दुई नेताको बाझाबाझ मिलाउन पार्टीका अर्का अध्यक्ष प्रचण्डले नै हस्तक्षेप गर्नुपरेको थियो ।

त्यसपछि उपचारका लागि सिंगापुर पुगेका ओली २० भदौंमा स्वदेश फर्किए । त्यसयता उनले पार्टीका अन्य नेताहरुलाई बालुवाटार निम्ताएर आपसी परामर्श गरे । तर उनले माधव नेपाल निम्ताएनन् ।

त्यो दिनको भेट पनि पार्टी बैठकका कारण मात्र जुरेको थियो । दुई नेताले मुखामुख गरेर फिस्स हासेपनि थप कुराकानी नभएको एक नेताले बताए ।

‘उहाँहरु मुखामुख गर्नुभयो, फिस्स मात्र हास्नुभयो, तर खास थप बोल्नुभएन, एक अर्काेले केही सोध्नु पनि भएन,’  ति नेताले भने ।

प्रधानमन्त्रीको स्वास्थ्यकै विषयमा बाझाबाझ भएपछि न त प्रधानमन्त्रीले माधव नेपाललाई आफनो स्वास्थ्य अवस्था बताए, न त नेपालले नै प्रधानमन्त्रीलाई सोधे । ‘प्रधानमन्त्रीलाई कस्तो छ भनेर सोध्यौं, फेरि झर्किने र बाझिने पो हो की भनेरै माधव कमरेडले यस विषयमा सोध्न नखोज्नु भएको देखियो,’ बरु प्रधानमन्त्रीले नै बैठकलाई सम्वोधन गर्ने क्रममा आफनो स्वास्थ्यका बारेमा जानकारी गराए ।

‘म नियमति काम गर्न सक्ने भएर फर्केको छु, सिंगापुरमा प्लाज्मा फेरेसिस प्रक्रिया अनुसार उपचार गरे । आजै मात्र त्यसको ट्युव टिचिङ पुगेर निकालेको छु, ट्युव निकाल्दा सामान्य ज्वरो आउने रहेछ, अहिले ज्वरो आईरहेको छ, तर चिकित्सकहरुले ठिक हुन्छ भनेका छन्, सुधार भएको छ भनेका छन्,’ प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा वेलिविस्तार लगाईरहदा पनि माधव नेपाल चुपचाप बसेर सुनिरहे ।

ति नेताका अनुसार, नेपालले प्रधानमन्त्रीको स्वास्थ्यका विषयमा चुपचाप ओलीले पार्टी वैठकमा गरेको विफ्रिङ सुन्ने बाहेक केही बोल्दै बोलेनन् ।

जब प्रदेश २ को सपथ ग्रहणका विषयमा सिराहमा परेको झगडाको प्रसंग पार्टी बैठकमा उठ्यो । त्यसपछि मात्र माधव नेपाल बोल्न अगाडी सरेका थिए ।

नेपालले पार्टीका जिल्ला कमिटि गठनमा पर्याप्त छलफल बिना जर्बजस्ती गर्न खोज्दा समस्या आएकोले त्यसलाई समाधान पार्टीले सिरियस्ली लिएर गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि मात्र नेपाल लगत्तै ओलीले बोलेका थिए, – माधव कमरेडले उठाएको त्यो विषयमा पार्टी सिरियस छ । अर्काे बैठकमा अकिल समिक्षा गरौं ।

यत्ति हो यी दुई नेताका वीचमा वालुवाटारमा भएको सम्वाद । ‘त्यसबाहेक उहाँहरुका बीचमा खास सम्वाद दोहोरो हुने गरी बैठकमा पनि देखिएन,’ नेकपा सचिवालयका एक सदस्यले भने ।

बालुवाटारको त्यो दिनको सचिवालय बैठक जम्माजम्मी ४० मिनेट जति चलेको थियो । प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष प्रचण्डले चिनियाँ विद्ेशमन्त्रीको नेपाल भ्रमण र त्यसक्रममा भएका भेटघाटको विफ्रिङमा समय खर्चेपछि बैठक दल दर्ताको जिम्मा महासचिवलाई दिने निर्णय गर्दै समापन गरिएको थियो ।

बैठक सकिएपछि पनि प्रधानमन्त्री र नेपालका वीचमा कुराकानी नै भएन । अघिपछिका भन्दा त्यस दिनको बैठक प्रधानमन्त्रीको सयन कक्ष छेउमै रहेको बैठक कक्षमा बसेको थियो । अघिपछि तल्लो तलाको हलमा बैठक बसेपनि त्यसदिन माथिल्लो तलामा सचिवालय बैठक बसेको थियो ।

नेपाल बैठक सकेर सरासर बाहिर निस्किए । उनले पार्टीका अन्य नेतासँग बिदावारी भएर निस्केपनि प्रधानमन्त्रीसँग कुरा गर्न सकेनन् । प्रधानमन्त्रीले पनि गरेनन् ।

‘उहाँहरुका वीचमा सम्वादहिनता नै देखियो, सौहार्दपूर्ण वातावरणमा सम्वाद हुन सकेन । दुवैले आ आफनो तर्फबाट गल्ती भएको महसुस गरेको जस्तो तर सम्वादहिनताको गाठो फुकाउने मध्यस्थता गरिदिए हुन्थ्यो भन्ने चाहेको जस्तो मात्र देखियो,’ सचिवालयका ति सदस्यले भने ।

त्यसपछि बाहिरिएका नेपाल र ओलीका बीचमा फेरि थप कुनै सम्वाद र देखाभेट नभएको बालुवाटार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...