कास्कीमा उम्मेद्वारीको जिम्मा बामदेवलाई



हाम्रो इकोनोमि

मंसिर १४ मा हुन लागेको कास्की २ को उपचुनावमा उम्मेदवार बन्ने –नबन्ने निर्णयको जिम्मा आफै लिन वामदेव गौतमलाई पार्टीले निर्देशन गरेको छ ।

पार्टीका दुवै अध्यक्षले नेता गौतमलाई उपचुनावमा निर्वाचन लड्ने नलड्ने निर्णय आफै लिन निर्देशन गरेका हुन् । गौतमले उपचुनाव लड्ने निर्णय लिए त्यसपछि उक्त प्रस्तावलाई पार्टी सचिवालयले निर्णय लिनेछ ।

‘तपाई चुनाव लडने हो होइन, आफै सोचविचार गरी निर्णय लिनुहोस, तपाई लड्ने हो भने तपाईकोमा निर्णय लिने, नलड्ने भए त्यसपछि अन्य ब्यक्तिका विषयमा छलफल चलाउने भन्दै दुवै अध्यक्षले उहाँ (वामदेव) लाई निर्देशन गरिसक्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, –‘अब निर्णय वामदेवकै हातमा छ ।’

नेता गौतम बर्दियाबाट चुनाव हारेका थिए । त्यसपछि उनले उपचुनाव माफर्त संसद छिर्ने यो बीचमा अनेक दाउ गरे । कहिले डोल्पा, कहिले काठमाडौं सम्मका निर्वाचित सांसदलाई राजीनामा गराई त्यस ठाउमा उपचुनावमार्फत संसद छिर्ने दाउ गौतमले गरेका थिए । तर उनका यी सबै प्रयास असफल हुदै आएको थियो ।

तर गत फागुन १५ मा ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि अधिकारीले जितेको कास्की २ को क्षेत्र अहिले जनप्रतिनिधि विहिन छ । यो सहित केही प्रदेश र स्थानिय तहका गरी ५१ स्थानमा निर्वाचन आयोगले मंसिर १४ मा उपचुनाव गराउन लागेको छ ।

गौतमले चुनाव लडे पार्टीले जिताउने गरी पहल कदमी लिने , लड्न नचाहेमा अन्य नेताहरुका नाममा छलफल चलाउने सोच ओली प्रचण्डले बनाएका हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस अगाडी नै गौतमलाई चुनाव लड्न प्रस्ताव गरेका थिए । तर गौतम यस विषयमा मौन बस्दै आएका थिए ।

रविन्द्रको निधनका वेला पोखरामा दाहसस्कारमा पुगेका गौतमलाई कास्की २ ताक्न आएको भनेपछि गौतमले वक्तब्य नै जारी गरेर त्यस क्षेत्रमा पहिलो हकदार रविन्द्रकै परिवार हुने बताएका थिए ।

रविन्द पत्नी विद्या पनि चुनावका लागि आकाक्षी छिन । तर उनले पनि मुख खोलेकी भने छैन । पार्टी निर्णय आफुलाई मान्य हुने उनले बताउँदै आएकी छिन् ।

जिल्ला पार्टीले भने गौतमका नाममा सिफारिस केन्द्रलाई गर्न खोजेको छ । त्यहाँ गौतमका आलावा सोमनाथ प्यासी, राजकाजी गुरुङ लगायत नेताहरु पनि चर्चामा छन् ।

गौतमले आफ्नो सचिवालय मार्फत त्यस क्षेत्रको अवस्था समेत बुझिसकेका छन् । त्यहाँ चुनाव लड्न जादा पर्ने प्रभावका विषयमा गौतमले अन्य नेताहरुसँग पनि छलफल भने गरिरहेका छन् । तर औपचारिक रुपमा मुख खोलेका छैनन् ।

ओली प्रचण्डले एक साताभित्र आफ्नो निर्णय सुनाउन गौतमलाई आग्रह गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...