निर्वाचन आयोगमा नेकपाले दल दर्ता गर्यो



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । आउँदो मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले बिहीबार बिहान आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

परराष्ट्रमन्त्री समेत रहेका नेकपा नेता प्रदीप ज्ञवालीले दल दर्ताका लागि निर्वाचन आयोगमा प्रस्तुत गरिएको जनाएका छन् । नेकपाका निर्वाचन विभागका प्रमुख  समेत रहेका ज्ञवालीले निर्वाचन आयोगमा दल दर्ताका निवेदन दिएकोसामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

दल दर्ताका लागि नेकपा नेता खिमलाल देवकोटालगायत नेता बिहीबार बिहान आयोग पुगेका थिए । दर्ता निवेदनउपर अब आयोगले आवश्यक कारबाही गरेर दल दर्ता गर्नेछ ।

‘आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दल दर्ताको निवेदन भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको छ । सहकर्मी खिमलाल देवकोटा, ईश्वरी रिजाल, श्रीरामजी ढकाल र बाबुराम दहालजीलाई धन्यवाद’, मन्त्री ज्ञवालीले ट्विटमा भनेका छन् ।

नेकपा गत २०७४ मा सम्पन्न निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत भएको थियो । निर्वाचनपछि दर्ता भएका पार्टी आयोगमा दर्ता गर्नुपर्ने प्रावधानअनुरूप उपनिर्वाचनका लागि नेकपाले दल दर्ताको निवेदन दिएको हो ।

निर्वाचनपछि संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर समाजवादी पार्टी र विवेकशील साझा दल पनि गठन भएका छन् । यी दलले पनि आगामी निर्वाचनमा सहभागिताका लागि दल दर्ता गर्नुपर्नेछ ।

विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

बुधबार बसेको नेकपाको सचिवालय बैठकले दल दर्ताका लागि आवश्यक काम गर्ने  जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...