कसरी पक्राउ परे गृहमन्त्री साइला भाइ



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अनुसन्धान अघि बढाउन बाटो खुला गरिदिएपछि साइला भाइ नरेश थापा पक्राउ परेको खुलेको छ ।प्रहरी उच्च स्रोतका अनुसार जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्न्यात समूहका सदस्य र नरेश थापाबीच नियमित सम्पर्क हुने गरेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

त्यसक्रममा गृहमन्त्री बादलले अनुसन्धान अगाडि बढाउन भनेको स्रोतको दाबी छ । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गृहमन्त्रीका साइला भाइ नरेशसँग सोधपुछ थालेको थियो । त्यही क्रममा उनलाई प्रहरी हिरासतमा राखिएको छ ।

समीर समूहसँग नरेशको कनेक्सन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको योजनाकार भएको आरोपमा पक्राउ परेका समीरमान हाल केन्द्रीय कारागार, सुन्धारामा छन् । तर कारागारमा रहेकै बेला उनले फिरौती धन्दा चलाएको बताइन्छ । उपत्यकाका निर्माण व्यवसायीहरुलाई माग्दै नदिए गौचनको हालत बनाइदिने धम्की आएको थियो ।

समीरमानको योजनाअनुसार फिरौती असुलीमा संलग्न भएको आशंकामा सीआईबीले साउन अन्तिमतिर पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ ग¥यो । उनीहरुमाथि अनुसन्धानका क्रममा नरेशसँग कनेक्सन देखिएको प्रहरीले बताएको छ ।

तर, उनको संलग्नतामा रकम उठाइयो वा उठाइएन भन्ने प्रहरीले बताएको छैन । ‘केही म्यासेजका विवरण’ र दुई जनासँग नियमित सम्पर्क देखिएपछि सीआईबी पूर्वभारतीय सेनाका नरेशमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्षमा पुगेको थियो । त्यो खबर प्रहरी महानिरीक्षक खनाललाई भयो । खनालले गृहमन्त्री बादललाई भेटेर यसबारे ब्रिफिङ गरे । जवाफमा गृहमन्त्री बादलले ‘त्यस्तो केही देखिन्छ भने अनुसन्धान गर्नुस्’ भनेको प्रहरी उच्च स्रोतले बतायो ।

ब्युरोका निर्देशक निरज शाही पनि अनुसन्धानमा गृहमन्त्रालयबाट असहयोग नभएको बताउँछन् । ‘माथिबाट अफ्ठ्यारो भएको भए अनुसन्धान गर्नै सकिने थिएन’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले अनलाइनखबरसँग भने । अनुसन्धानका क्रममा गृहमन्त्रीका भाइ नरेशलाई फिरौती असुल्ने समूहले प्रयोग गरेको देखिएको उनले बताए ।

उनकाअनुसार सीआईबीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो । बुधबार दिउँसो जिल्ला अदालतका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासमा थापासहित अन्यको बयान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...