पक्राउ परेका गृहमन्त्रीका भाइको अदालतमा बयान हुँदै



हाम्रो इकोनोमि

 

वैध असुलीमा पक्राउ परी हिरासतमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशकुमार थापासहित ८ जना प्रतिवादीमाथि काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको छ।

अदालतका अनुसार मंगलबार सरकारी वकिल कार्यालयले मुद्दा बुझाएपछि बुधबारबाट प्रतिवादीहरूको बयान थालिएको हो। जिल्ला अदालतको चार नम्बर इजलासमा न्यायाधीश मेदिनीप्रसाद पौडेलले प्रतिवादीहरूको बयान भइरहेको श्रेष्तेदार आनन्द श्रेष्ठले बताए।

उनका अनुसार एक प्रतिवादी फरार छन्। प्रहरीले थापासहित ९ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

पक्राउ परेकामध्ये थापासहितका ८ प्रतिवादीलाई बयान लिने काम भइरहेको तर सबैको नसकिएको श्रेष्ठले जानकारी दिए।

‘नरेशबहादुर भनिने नरेशकुमार थापासमेत ८ जना प्रतिवादीको बयान जारी छ, थापासँग लिइसकिएको छैन,’ श्रेष्ठले भने। अदालतमा बिहीबार पनि प्रतिवादीको बयान रहेको उनले बताए।

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा अहिले प्रहरी हिरासतमा छन्। निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाइपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने गरेका थिए। उनीमाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले बताए।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...