बिरालोले बाटो काटे के हुन्छ ? यस्तो छ विभिन्न देशमा जनविश्वास



हाम्रो इकोनोमि

 

बिरालोले बाटो काट्दा हामी एकछिन अडिएर वा रोकिएर मात्र हिँड्ने गर्छौ । यस पछाडिको रहस्य हामीले नबुझेको वा नजानेको पनि हुन सक्छ । हामी किन बिरालोले बाटो काट्दा दुईदेखि पाँच मिनेटसम्म अडिन्छौं ? वा कोही व्यक्ति बाटो हिँडेपछि मात्र हामी आफ्नो गन्तव्यतिर किन लम्कन्छौं ? सबैलाई चासो हुन सक्छ । बिरालोले बाटो काट्दा रोकिनुको कारण परम्परागत अन्धविश्वास छ भने अर्को वैज्ञानिकता पनि छ । बिरालोले बाटो काट्नु भनेको अशुभ संकेतको इशारा दिनु हो भन्ने मान्यता छ ।

 

यदि कुनै कार्यका लागि मानिस कहीँकतै जाँदै छ भने उसको त्यो काम नबन्ने र उसलाई शनिको दोष लाग्ने अन्धविश्वास छ । कालो रंगले शनि ग्रहको प्रतिनिधित्व गर्दछ । यो ग्रहको दोषले मनुष्यको जीवनमा कार्य अवसरमा विफलता र ढिलाइ हुने भन्ने बुझाई छ । यसको मतलब बिरालोले बाटो काट्दा फलदायी कार्य नहुने वा हुन लागेका काम पनि ढिला वा विलम्बित हुन सक्ने जनामानसमा बुझाई छ ।

यसको वैज्ञानिकता भने अर्कै छ । प्राचीन समयमा सडकको दुवै किनारमा विशाल जंगलहरू हुने गर्थे । घरधुरी थोरै हुन्थे । मानिसहरू आफ्नो गन्तव्यमा पुग्न अहिलेको जस्तो यातायातका साधन थिएन । कोसौं पैदलै हिँड्नुपर्ने हुन्थ्यो । बिरालो बाटोको बीचबाट दुगुर्नु भनेको त्यसको पछाडि कुनै अर्को ठूलो जनावरले उसलाई आहारा बनाउन खोजेको र ऊ आफ्नो ज्यान बचाउन भागेको तर्कशक्ति पनि बलियो छ ।तसर्थ मानिस सडकको बीचमा अडिनु वा रोकिनुको कारण त्यो ठूलो जनावरलाई पनि बाटो पार गर्न दिनु हो, जंगली जनावर मानिसकै लागि खतरा हुन सक्छ भन्ने मान्यता छ ।

 

हिजोआज त्यही प्रथालाई पछ्याउँदै अशुभ हुने ठानेर मानिसहरू बिरालोले बाटो काटेमा केही समय अडिने गर्छन् । तर देशअनुसार बिरालोको किंवदन्ती रोचक छ ।बेलायत तथा जापानमा कालो बिरालोले बाटो काट्दा यसलाई शुभ मानिन्छ, जर्मनीमा जब कालो बिरालोले बाटोलाई दायाँबाट पार गर्दछ, त्यसले खराब भाग्य निम्त्याउने र बायाँबाट दायाँ पार गर्दछ भने त्यसले राम्रो भाग्यको उदय गराउँछ भन्ने जनविश्वास छ । इटालीमा एक बिरालो बिरामीको बेडमा बस्छ भने मृत्युले चाँडै पछ्याउनेछ । चीनमा कालो बिरालोलाई अकाल र गरिबीको प्रतीक मानिन्छ । लाटभियामा यदि भकारीमा कालो बिरालोको बच्चा पाइएमा फसल राम्रो हुने मानिन्छ । स्कटल्यान्डमा कालो बिरालो आएर दलानमा बस्दा धन आउने संकेत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...