वाङ फर्केलगत्तै भारतीय उर्जामन्त्री तीन सदस्यीय टोलीसहित किन आए नेपालमा



हाम्रो इकोनोमि

 

उत्तरी छिमेकी मुलुक चिनका विदेश मन्त्री वाङ यी स्वदेश फर्केलगत्तै दक्षिण भारतका एक जना मन्त्री नेपाल आएका छन् । कुनै होहल्ला बिनै, तामझाम नगरी सुटुक्क भारतका एक जना मन्त्री अहिले काठमाडौंमा आएका छन् ।

ति मन्त्री हुन्, – भारतका उर्जामन्त्री राजकुमार सिंह । उनी ३ सदस्यीय टोलीको नेतृत्व गर्दै गएराती काठमाडौं आईपुगेका छन् । नेपालका समकक्षी उर्जामन्त्री वर्षमान पुन अनन्त यूएईमा रहेका बेला उनी काठमाडौं आईपुगेका हुन् ।

पूर्व राष्ट्रपति डा रामवरण यादव सँगै उनी मंगलबार राती ९ बजे नेपाल आएका हुन् । यादव केही समय अगाडी नयाँ दिल्ली पुगेका थिए । चिनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणको पूर्व तयारीका रुपमा विदेश मन्त्री वाङको भ्रमण भएको चर्चा चलिरहदा भारतका उर्जा मन्त्री सिंहको नेपाल भ्रमण भएको हो ।

वाङले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गरेका थिए ।

दिपक्षिय भेटवार्ता गरेका वाङले चन्द्रागिरी हिल्स देखि भक्तपुर दरबार स्वायरसम्मको पनि भ्रमण गरेका थिए । त्यसपछि उनी हिजो दिउसो एक वजे स्वदेश फर्किएका थिए ।

तर, त्यसलगत्तै ८ घण्टा पछि नै भारतीय उर्जामन्त्री राजकुमार सिंह सुटुक्क नेपाल  आएका हुन् । उनले यहाँ रहदा उच्चस्तरको भेटघाट गर्ने बताईएको छ ।

मंगलवार नै नेपालका लागि भारतका पूर्व राजदुत रन्जित रे पनि दिउसो काठमाडौं आईपुगेका थिए । यस अगाडी विदेशमन्त्री एस जयसंकर पनि नेपाल आएर फर्केका थिए ।

भारत कास्मिरको विषयमा अहिले भारतले चालेको कदममा नेपालको दहो समर्थनको खोजीमा छ । नेपालले कस्मिरका विषयमा आफ्नो पर्ख र हेरको नीति अवलम्वन गरेपछि भारत नेपाललाई आफनो पक्षमा पार्नका लागि कसरत गरिरहेको छ । उसले सामान्य समर्थन मात्र होइन, यो मामिलामा नेपालले आफनो दह्रो साथ नै देओस भन्ने चाहिरहेको छ ।

त्यही क्रममा भारतले नेपालमा अनेक प्रतिनिधी पठाई डिल समेत गरिरहेको छ । अहिले सुटुक्क नेपाल आएका त्यहाका उर्जामन्त्रीको भ्रमण पनि यही विषयमा जनमत निर्माणको भित्री मक्सदका रुपमा रहेको हुन सक्ने आशंका गरिएको छ ।

यद्यपी, यो विषयमा नेपाल भारत दुवै पक्षले केही बताईहालेका भने छैनन् । उर्जमन्त्री सिंहले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटघाट गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...