नेता पौडेलले भने कांग्रेसले बिपीलाई बुझेन



हाम्रो इकोनोमि

 

 

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् ।

राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसात गर्न नसकेको बताए ।

‘बिपी जयन्तीमा देशैभर कार्यक्रम भयो, तर काङ्ग्रेस कार्यकर्ताले बिपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो’, वरिष्ठ नेता पौडेलले भने, ‘बिपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नु पर्छ ।’ उनले बिपी जनताको शासनका पक्षमा रहे पनि कम्युनिष्ट सर्वहाराको शासनका पक्षमा रहेको आरोप लगाए ।

बिपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । निमुखालाई न्याय र विपन्नलाई आय काङ्ग्रेसको मूल सिद्धान्त रहेको बताउँदै उनले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा उनले बिपी कोइरालाले विसं २०३६ असोज ६ गते व्यास नगरपालिका–३ बिपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अङ्कित बोर्डको अनावरण गरेका थिए ।

तनहुँ आएर पहिलो पटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । राष्ट्रिय जागरण अभियानका क्रममा जिल्लाका विभिन्न ठाउँमा सभा, सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...