नेपालसँग साइनो रहेका भारतीय कलाकारहरु कस्को कस्तो साइनो रहेको छ त हेर्नुहोस…



हाम्रो इकोनोमि

 

नेपालसँग साइनो रहेका भारतीय कलाकारहरु कस्को कस्तो साइनो रहेको छ त हेर्नुहोस…

नेपाल संग साइनो रहेका बलियुड कलाकारहरु हेर्नुहोस ! बलियुड कलाकार हरु जुन भारत का भएता पनि नेपाल संग साइनो रहेका कलाकार हरु को बारेमा चर्चा गर्दै छौ ! नेपालीहरु लाई भारतीय कलाकार अर्थात बलियुड का कलाकार हरु धेरै नै मन पर्दछ बलियुड कलाकार हरुका नेपाल मा पनि धेरै फ्यान हरु रहेका छन् !

त्यति मात्र हैन केहि बलियुड कलाकार को नेपाल संग साइनो समेत गासिएको छ त्यसैले पनि नेपालीहरु लाई बलियुड भनेपछि जान्ने इच्या रहन्छ ! केहि भारतीय बलियुड कलाकार हरु जसको नेपाल संग पारस्परिक सम्बन्ध रहेको छ ! ति कलाकार हरु हुन् गोबिन्दा अहुजा,माला सिन्हा,भारती सिंह,श्रृति झा ,अहमद खान आउनुहोस चर्चा गरौ कसरि साइनो रह्यो यी कलाकारहरु संग !

नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध

माला सिन्हा

बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन् ।

गोबिन्दा अहुजा :

बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी नेपालका ज्वाई हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन् ।

भारती सिंह :

भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् ।

अहमद खान :

बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन् ।

श्रृति झा :

टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होईनन् । तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौँ बसेकी थिईन् ।बिहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन् । आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...