चिनियाँ विदेशमन्त्री वाङको महत्वपूर्ण भेटवार्ता र बैठक आजै हुने



हाम्रो इकोनोमि

 

तीन दिने नेपाल भ्रमणका लागि आइतवार साँझ नेपाल आएका चीनका विदेशमन्त्री वाङ यी आज(सोमबार) दिनभर व्यस्त रहने कार्यतालिका रहेको छ ।

वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

कस्तो छ कार्यतालिका ?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । पाकिस्तानको भ्रमणबाट वाङ काठमाडौं आएका हुन् ।

नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

सोमबार दिउँसो ३: ३० बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुनेछ । उक्त वार्तामा केहि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम छ ।

आज साँझ ५ बजेदेखि ५: ४५ बजेसम्म विदेशमन्त्रि वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ। भेटघाटको कार्यक्रम बालुवाटारमा हुनेछ ।

सोमबार साँझ ६ बजेपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी यीको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुनेछन् ।

भदौं २४ गते, मंगलबार ९:०० बजे वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भएको छ । मंगलबार नै विदेशमन्त्री वाङको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउबालाई निवाशमा भेट्ने कार्यक्रम छ । भेटको समय ११:०० बजेको लागि मिलाइएको छ।

यस बाहेक विदेशमन्त्री वाङले केही राजनीतिक विश्लेषक र उद्योगी व्यबसायीसँग होटल सोल्टीमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।

विदेशमन्त्री वाङको प्रतिनिधिमण्डलमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियाँ राजदूत मिसेस होउ याङछी लगायत रहेका छन् ।

विदेशमन्त्री वाङको टोली मंगलबार १ बजे चीन फर्कने छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...