डाबर नेपालका अनिल पुरीले पाए ‘एचआर म्यानेजर अफ दि ईयर’ अवार्ड



हाम्रो इकोनोमि

 

मानव संसाधन समाज नेपालले वार्षिकरुपमा प्रदान गर्ने एचआर म्यानेजर अफ दि ईयर यो वर्ष डाबर नेपालका एचआर कर्पोरेट प्रमुख अनिल पुरी घोषित भएका छन् ।
मानव संसाधन समाज नेपालद्धारा आयोजित आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ को अवसर पारेर डाबर नेपालका एचआर-कर्पोरेट, प्रमुख अनिल पुरीलाई सो मानव संसाधनको ‘एचआर म्यानेजर अफ दि ईयर’ अवार्ड दिईएको हो ।
आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९ उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले विश्व बजारमा बिक्नसक्ने किसिमको श्रम र जनशक्ति तयार गर्नुपर्ने बताए । उनले श्रम बजारको आवश्यकताअनुसार श्रम विकास गर्नुपर्ने नत्र कतै काम नपाउने अवस्था आउनसक्ने स्पष्ट पारे ।
‘मानव संसाधन विकासको योजनाका साथ अगाडि बढ्नुपर्ने छ, विश्व बजारमा देखिएको तिब्रताअनुसार अगाडि बढ्नसक्नुपर्छ,’ मन्त्री बिस्टले भने ।
उनले मानव संसाधन कानून हेरिरहेको जानकारी दिँदै सरकारले स्थानिय तहमा पनि सिपमुलक जनशक्ति तयार पार्ने योजना लिएको बताए । ‘सरकारले स्थानिय तहमा सिपयुक्त जनशक्ति उत्पादन गर्ने निर्णय गरेको छ, जसले हाम्रो आवश्यकतालाई पुरा गर्दछ भने नयाँ शिक्षा नीतिबाट पनि मानव संसाधनको सम्बोधन गर्ने प्रयास हुनेछ,’ मन्त्री बिस्टले भने ।
उनले अहिलेको अवस्थामा जनशक्ति, प्रकृया र प्रविधिलाई साथसाथै लान सके मात्र फाइदा हुने बताए ।
कार्यक्रममा मानव संसाधन समाज नेपालका अध्यक्ष मोहन ओझाले अहिलेसम्म नेपालमा मानव संसाधनलाई महत्व नदिईएको र सिपयुक्त जनशक्तिको अभाव देखिएको बताए। उनले देशभित्र मानव संसाधनको विकास गर्ने हो भने ‘मानव संसाधन मन्त्रालय’ गठन गर्न समेत माग गरे ।
कार्यक्रममा सार्वजनिक गरिएको नेपाल स्कील रिपोर्टका प्रमुख अनुसन्धान संयोजक प्रोफेसर डा मोहन दास मानन्धरले नेपालमा दक्ष र सिप दिने रणनीति नै कमजोर भएको बताए । उनले नेपालमा आर्थिक विकास गर्नका लागि जमिन, उत्पादन, पूँजी र श्रमको अवरोध रहेको भन्दै सबैभन्दा कमजोर क्षेत्र श्रम रहेको दाबी गरे ।
सो प्रारम्भिक रिपोर्टमा नेपालका जनशक्तिलाई दिईएको मानव संसाधनको सिप र आवश्यक भएको सिप बिचको भिन्नता उल्लेख गरिएको जानकारी दिए ।
‘अपस्किलिङ एण्ड रिस्किलिङ एचआर’ मुख्य नारा रहेको यस एक दिने सम्मेलनमा नेपालका विभिन्न संघ संस्थामा कार्यरत मानव संसाधन अधिकृत, व्यवसायीक व्यक्तित्वहरु, ट्रेनिङ्ग म्यानेजर, प्रमुख कार्यकारी अधिकृत, निर्देशकहरु, एचआर प्रोफेसनल लगायतको सहभागि रहेका थिए ।

स्वदेश र विदेशका गरि करिब २५० जना भन्दा बढि एचआर विज्ञ, व्यवस्थापन विज्ञहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंक, वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, गैरसरकारी संस्थाहरु, उत्पादनमूल्यक कम्पनीहरु, सूचना प्रविधि, पूर्वाधार, बीमा, निर्माण र परामर्शको क्षेत्रबाट सहभागिता रहेको थियो ।

राष्ट्रिय एचआर सम्मेलनमा एचआर विज्ञ तथा स्ट्राटेजी लिडर अफ सिम्प्लि एचआर सोलुसन एलएलपी, तथा भ्लम तय भलम ज्च् क्यगितष्यल ँष्चm का रजनिश सिंहले प्रमुख वक्ताको रुपमा सम्बोधन गरेका थिए ।

आठौं राष्ट्रिय मानव संसाधन सम्मेलन २०१९लाई निम्बल अफिस एचआरएमले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
३० अंकले घट्यो सेयर बजार

    मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट बुधबार सेयर बजार ३० अंक घटेको...

व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको...

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी...

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

    २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो...