सदनमा उठ्यो एसीड आक्रमण गर्नेलाई मृत्युदण्डको माग



हाम्रो इकोनोमि

 

संघीय सदनको प्रतिनिधि सभा बैठकमा वीरगञ्जमा १५ बर्षिय किशोरीमाथि एसीड आक्रमण गर्नेलाई मृत्युदण्डको सजाय माग भएको छ । कानुन परिमार्जनका लागि सांसदले माग राखेका हुन् ।

मुस्कान खातुनमाथिको एसिड आक्रमणपछि प्रतिनिधि सभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका सांसदहरुले एसिड आक्रमण गर्ने माथिको कारबाहीको कानुन नै कमजोर भएको बताए । यतिमात्र होइन, एसीड विक्रि वितरणमा पनि कडा कानुनी प्रावधानको माग गरिएको छ ।

कांग्रेस सांसद उमा अधिकारीले संसारका अन्य मुलुकमा जस्तै नेपालमा पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन् । फितलो कानुनका कारण अपराधी छुटीरहेको बताउँदै उनले त्यस्तो माग गरेकी हुन् ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले एसिड आक्रमणका दोषीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने बताए ।

सांसद पुष्पाकुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवन जीउन बाध्य हुने भन्दै कानुन संसोधन गरेर भए पनि एसिड आक्रमण गर्ने अभियुक्तलाई मृत्युदण्ड दिन माग गरिन् ।

अन्य सांसदले पनि यस प्रकरणका दोषीलाई कडा भन्दा कडा सजायको माग गरेका थिए ।

शुक्रबार बिहान विद्यालय जादै गर्दा वीरगञ्ज छपकैयाकी मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको अहिले काठमाडौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...