भीभीआईपीका लागि डेढ अर्बको हेलिकप्टर खरिद



हाम्रो इकोनोमि

 

सरकारले भीभीआईपी र विदेश पाहुनाका लागि डेढ अर्बमा विशेष सुविधासहितको हेलिकप्टर खरिद गरेको छ । अन्तराष्टिय समिनारमा छिमेकी देशका अति विशिष्ट पाहुनाहरु नेपाल आउने गर्दछन् । ति पाहुनालाई एक ठाउँबाट अर्काे ठाउँमा लिन नेपाली सेनाको हेलिकप्टरको सहयोग लिनुपर्ने बाध्यता थियो ।

नेपाल सरकारसँग आफ्नो कुनैपनि हवाई साधन छैन । सरकारलाई आवश्यक पर्ने हवाई साधनहरु पछिल्लो समय खरिद हुन थालेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीका लागि विशेष हेलिकप्टर प्रयोगमा आउने भएको छ । सरकारले इटालीको अगुस्ता वेस्टल्यान्डसँग हेलिकप्टर सम्झौता गरेको छ । आगमी मंसिरभित्र नेपाल आउने गरी सम्झौता गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

अधिकतम १५ सिट क्षमता र लगातार पाँच घन्टासम्म उडाउन भर्न सकिने हेलिकप्टरको मुल्य डेढ अर्ब पर्ने भएको छ । विशेष हेलिकप्टर उडानका लागि नागरिक उड्ड्यन प्राधिकरणले एक जना निरिक्षक पाइलट र नेपाली सेनाले तीन पाइलट ‘टाइप कनभर्जन’ प्रशिक्षणका लागि इटाली र अमेरिका पठाएको छ । चार पाइलटले अहिले प्रशिक्षण लिइरहेका छन् । डेढ महिना प्रशिक्षण सकिएपछि उनीहरुले परिक्षण उडान मलेसियामा गर्ने भएका छन् ।

अगुस्ता वेस्टल्यान्ड कम्पनीबाट एक बर्षअघि एउटा हेलिकप्टर नेपाल ल्याइएको थियो । जनु अहिले विपद् व्यवस्थापन र सेनाको काममा प्रयोग भइरहेको छ । अब आउने विशेष हेलिकप्टर नागरिक उड्यन प्राधिकरणका नाममा दर्ता भएपनि रेखदेख भने नेपाली सेनाले नै गर्ने छ । भीआईपी र भीभीआईपीका लागि नेपाली सेनासँग चार हेलिकप्टर छन् । दुई हेलिकप्टर बेचिएको छ भने एउटा विग्रिएको अबस्थामा छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...