प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ : कमल थापा



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन् । उनले छिट्टै प्रदेश ३ को प्रदेश सभाले स्थायी राजधानी हेटौडा तोक्ने विश्वास पनि व्यक्त गरे ।

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई राजधानी बनाउनु जिकिर गरे ।

प्रदेश ३ को स्थायी राजधानीका लागि हेटौंडासँग सबै पूर्वाधार भएकाले संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रूपमा मैले हेटौंडा राेजेकाे थिएँ’, थापाले भने, ‘अब स्थायी राजधानी पनि यसैलाई बनाउनु पर्छ ।’ अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न सरकारसँग पुनः माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...