खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर जान्छ: मन्त्री पण्डित



हाम्रो इकोनोमि

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् ।

‘हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको छु’ मन्त्री पण्डितले सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को पहिलो र मुलुककै तेस्रो बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भने, “जुन कर्मचारीलाई जहाँ खटाइएको छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँछन् ।”

तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने बताए ।

नयाँ र पुराना राष्ट्रसेवकहरु काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाहरुका लागि रोजगारीको बाटो खुल्ने उनले बताए । ‘धेरै युवा विदेशमा पसिना चुहाइरहेका छन्,’ मन्त्री पण्डितले भने, “लाखौं युवाहरु बेरोजगार छन्, उनीहरुलाई विदेश पठाउनुभन्दा स्वदेशमै रोजगार दिएर उनीहरुको परिवारमा खुशियाली दिनका लागि संघीय सरकार अघि बढिरहेको छ ।”

विज्ञापनको भ्रम छर्नेहरुको ओठमुख सुक्यो

मन्त्री पण्डितले लोकसेृवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलनप्रति कटाक्ष बोले । उनले आन्दोलन गर्नेहरुले भ्रम मात्र छरेको बताए ।

स्थानीय तहमा ९१६१ दरबन्दीका लागि साढे ४ लाख युवाहरुले प्रतिस्पर्धा गरिरहेको बताउँदै मन्त्री पण्डितले भने, “तर केही–केहीले भ्रम छरिरहेका छन्, भ्रम छर्नेहरुको ओठमुख सुकेर गयो अनि हराएर पनि गएका छन् ।”

जुनसुकै अवरोध ल्याउन खोजेपनि प्रधानमन्त्री र लालबाबु र पण्डितको जतिसुकै पुत्ला जलाएपनि कामलाई अगाडि बढाउने सन्दर्भमा कसैसँग नडराउने मन्त्री पण्डितले बताए । ‘हामी काम गर्ने सवालमा कसैसँग डराउँदैनौं, अनि कसैको लहै–लहैमा पर्देनौं’ उनले भने ।

टिका र आशिर्वादको भरमा जागिर पाउने दिन गएको बताउँदै उनले योग्य, प्रतिस्पर्धामा आउनेहरुले मात्र जागिर पाउने बताए । ‘अस्थायी भए, ज्यालादारी भए करारमा आए मलाई प्रतिस्पर्धा गर्नुपर्देन् स्थायी जागिर हुन्छ भन्ने सोच्नु अब असम्भव छ’ मन्त्री पण्डितले भने ।
लोकसेवालाई पुनः ६ हजार विज्ञापन खोल्न पत्र पठाएँ

मन्त्री पण्डितले स्थानीय तहहरुमा कर्मचारीलाई हामीले पठाइरहेको बताए । ‘स्थानीय तहको कामकाज प्रभावित नहोस् भनेर कर्मचारी पठाइरहेका छौं,’ उनले भने, “नपुग कर्मचारी लोकसेवा आयोगमा भर्नाका लागि गएका छन्, ९ हजार १ सय ६१ नयाँ कर्मचारी तिहारसम्म आइपुग्छन् ।”
थप ६ हजारको लोकसेवा आयोगलाई स्थानीय तह र प्रदेशका लागि लोकसेवालाई पत्र दिइसकिएको बताउँदै उनले आवश्यक्ता अनुसार थप विज्ञापन गरिने बताए ।

संघीय निजामति ऐन अहिले अन्तिम चरणमा रहेको बताउँदै उनले चाँडै नै अन्तिम रुप दिएर प्रदेश र स्थानीय तहको आधार र मापदण्डबारे संघीय संसदमा निर्णयका निम्ति छलफलमा लगिने बताए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...