सिंगापुरमा प्रमुख सल्लाहकार रिमाल ‘आउट’, उपाध्यक्ष गौतम ‘इन’!



हाम्रो इकोनोमि

 

सिंगापुरको नेश्नल युनिभर्सिटि हस्पिटलमा गत भदौ ५ गतेदेखि उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतम बुधबार सिंगापुर पुगेका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल स्वदेश फर्किएलगत्तै गौतम सिंगापुर पुगेका हुन् । अघिल्लो दिनै जान खोजेका गौतम अर्को दिन रिमाल फर्के लगत्तै जानुलाई प्रधानमन्त्री ओली र नेता गौतमबीच गोप्य कुराकानी हुन सक्ने अनुमान गरिएको छ ।

कतिपयको बुझाइमा सल्लाहकार रिमाल सिंगापुरमै हुँदा गोप्य कुराकानी गर्न असहजता ठानेर गौतमले यो कुराको छनक महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री ओली समक्ष पुर्याएको बताइन्छ । महासचिव पौडेलले प्रधानमन्त्री ओलीसँग कुरा गरिसकेपछि गौतमलाई सिंगापुर बोलाइएको थियो ।

स्वदेश फर्केपछि कामको व्यस्ता र धपेडिका कारणले आन्तरिक कुराकानी गर्न सम्भव नहुने देखेपछि पार्टी सञ्चालन र सरकारको आगामि रणनीतिको विषयमा गम्भिर छलफल गर्नका लागि ओलीले नेकपाका दुई हस्ति गौतम र पौडेललाई आफू स्वदेश फर्किनु अगाडि सिंगापुर बोलाएको चर्चा छ ।

यी तीन नेताबीच केही मन्त्रिहरुको फेरबदल, कतिपय रिक्त आयोगहरुको पूर्ति, आउँदो मंसिर १४ मा हुने उपनिर्वाचन र उक्त उपनिर्वाचनमा कास्की २ बाट गौतमलाई उठाउने विषयमा छलफल भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...