प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस लिने पूर्वसांसद डीबी कार्की पक्राउ



हाम्रो इकोनोमि

 

तत्कालीन एमालेका पूर्व सांसद डोलबहादुर (डीबी) कार्की प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनी नौ वर्ष पहिले घुससहित पक्राउ परेका थिए । लमजुङबाट तत्कालीन एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो । पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए ।

प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकममध्ये एक लाख रुपियाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो । उनलाई सर्वोच्चले दोषी ठहर गरेपछि भागेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...