प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस लिने पूर्वसांसद डीबी कार्की पक्राउ



हाम्रो इकोनोमि

 

तत्कालीन एमालेका पूर्व सांसद डोलबहादुर (डीबी) कार्की प्रहरीको नियन्त्रणमा परेका छन् । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोप लागेका उनलाई बिहीबार बिहान काठमाडौंको कलंकी आसपास क्षेत्रबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनी नौ वर्ष पहिले घुससहित पक्राउ परेका थिए । लमजुङबाट तत्कालीन एमालेका समानुपातिक सांसद कार्कीलाई सर्वोच्च अदालतले गत असारमा दोषी ठहर गरेको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले असार १७ गते मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको थियो । पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए ।

प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकममध्ये एक लाख रुपियाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो । उनलाई सर्वोच्चले दोषी ठहर गरेपछि भागेका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...