भरतपुर विमानस्थल विस्तार गर्ने मन्त्री भट्टराईको यस्तो छ योजना



हाम्रो इकोनोमि

 

भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतीको प्रयास सुरु भएको छ । यसका लागि एक साताभित्र तीनै तहका सरकारका प्रतिनिधिसहित प्राविधिक टोली गठन गर्ने पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले घोषणा गरे ।

भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा भरतपुर मन्त्री भट्टराईले भरतपुर विमानस्थलको विस्तारलाई प्राथमिकतामा राखिएको बताए । उनले चितवनमा क्षेत्र नः ३ का सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा रक्षामन्त्री, प्रधानसेनापतिसहित विमानस्थलसँग सरोकार राख्ने पक्षहरुसँग तत्काल बैठक राखिने उनले बताए ।

 

विमानस्थलको रनवे विस्तारका लागि नेपाली सेनाले भोगचलन गरेको जग्गा आवश्यक पर्छ । रक्षा मन्त्रालय र सेनापतिले विकासका लागि बाधक नहुने बताएकाले नेपाली सेनालाई समेत विश्वासमा लिएर रनवे विस्तारको काम अघि बढाइने मन्त्री भट्टराईले बताए । ‘बैठकका लागि बैठक गरेर बसेर हुँदैन, अब एक्सनमा जानुपर्छ’, पर्यटनमन्त्री भट्टराईले भने, ‘भरतपुर विमानस्थलबारेमा अब सर्वपक्षीय बैठक हुँदैन, काम हुन्छ ।’

मन्त्री भट्टराईले मापदण्ड बनाउन र त्यसविपरीतका संरचना हटाउन र महानगरलाई आग्रह गरे ।

नेकपाका अध्यक्ष प्रचण्डले विमानस्थल विस्तारका लागि पर्यटनमन्त्रीले चालेको कदममा साथ दिने बताए । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भरतपुर विमानस्थलको विस्तार आवश्यक भइसकेको भन्दै प्रदेश सरकारको साथ रहने बताए ।

के हो विमानस्थलको समस्या ?

भरतपुर विमानस्थलको रनवे जम्मा १२ सय मिटर छ । एटिआर ७२ सिटे विमान अवतरणका लागि कम्तीमा ४ सय मिटर रनवे थप्नुपर्ने विमानस्थल अधिकारीहरु बताउँछन् । त्यसका लागि सेनाले भोगचलन गर्दै आएको घोडा तवेलाको जग्गा आवश्यक पर्ने विमानस्थलका प्रमुख पवन गौत्तमले बताए ।

 

यसैगरी विमानस्थलको दक्षिण पूर्वतर्फ मापदण्ड विपरित बनेका संरचना र विद्युतको ‘हाइएक्सटेन्सन’ लाइन छन् । विमानस्थलको दक्षिणपूर्वमा तत्कालीन भरतपुर नगरपालिकाले प्लटिङ गर्न दिएर बनेका संरचनाहरु पनि छन् ।

मापदण्ड विपरित निर्माण भएका भौतिक संरचनाबारे अध्ययन गर्न ११ जेठ २०७१ सालमा बनेको समितिले २ सय ५७ घरहरु मापदण्ड विपरित भएको प्रतिवेदना दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ विपरित बनेका घरहरु तत्काल हटाउन सुझाव दिइएको थियो । तर अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन ।

यद्यपि भरतपुर विमानस्थल आसपास (हाइवे क्षेत्रभन्दा दक्षिण) घरको नक्सापास ६ बर्षदेखि रोकिएको छ । २०७० मंसिर २५ गतेबाट थप संरचना निर्माण गर्न रोक लगाइएको छ । तर केहीले भने पहुँचको भरमा घर बनाएका छन् भने कतिपयले नक्सापास नै नगरी संरचना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...