किन एकपछि अर्को फिल्म गर्दैछिन् पूजा ?



हाम्रो इकोनोमि

 

चलचित्र ‘रामकहानी’ औषत चलेपछि नायिका पूजा शर्माका लागि रिलिज हुन लागेका चलचित्रहरु चल्न आवश्यक छ । तर, सधै निर्देशक सुदर्शन थापाको चलचित्रमा काम गरिरहेकी पूजा अहिले भने बाहिरी ब्यानरमा पनि आकर्षित छिन् ।
पूजाले यो बर्षको सुरुवातसँगै विश्राम लिएकी छैनन् ।

उनी, एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । लण्डनमा करिब दुई महिना चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन गरेकी पूजाले यसपछि चलचित्र ‘पोई पर्यो काले’मा काम गरिन् । यो चलचित्रमा काम गरेसँगै उनले नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’को काम सुरु गरिसकेकी छिन् ।

उनले, यो चलचित्रको छायांकन सकेसँगै दार्जिलिङका एक निर्माताले बनाउन लागेको चलचित्रमा काम गर्दैछिन् । यसरी हेर्दा पूजाले एकपछि अर्को ४ वटा चलचित्रको छायांकन सक्ने तयारी गरेकी छिन् । पूजालाई अर्का एक निर्माताले पनि चलचित्रका लागि अफर गरेका थिए । तर, निरन्तर चलचित्रमा काम गरेको भन्दै उनले उक्त प्रोजेक्ट भने गरिनन् ।

पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...