मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पार्ने घोषणा



हाम्रो इकोनोमि

 

मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले आजदेखि त्यहाँ भइरहेको काम ठप्प पार्ने भएका छन् । आयोजनाको काम छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म चिनियाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणासहित आजदेखि संघर्ष समितिका सदस्य धर्नामा बस्ने भएका हुन् ।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना बस्ने जनाएका थिए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई एक साताको समय दिएको थियो । बुधबार उक्त समयसीमा सकिएको छ ।

समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा धर्ना बस्न लागेको संघर्ष समितिका पदाधिकारीले बताएका छन् ।

समाधान गर्छौं भन्ने प्रतिबद्धता सरकारले गरे पनि हालसम्म कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...