प्रधानमन्त्री भेट्न सिंगापुर जाँदै वामदेव गौतम



हाम्रो इकोनोमि

 

सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । मंगलवार जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज अपराह्न त्यसतर्फ जान लागेका हुन् ।

यसअघि गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम थियो । गौतमले अन्तिममा आएर भीडभाड गर्न किन जाने भनेर रद्द गरेका थिए । तर, पौडेल पुगेपछि प्रधामन्त्रीलेनै गौतमको खोजी गरेको र फोन गरेरै आइदिए हुन्थ्यो भन्ने चाहेपछि रातारात टिकट मिलाएर जान लागिएको स्रोतले जनाएको छ ।

गौतम अपराह्न १ बजे सिल्क एयरबाट सिंगापुर जान लागेको उनीनिकट प्रेस संगठनका नेता विश्वमणि सुवेदीले बताए । प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ । यसअन्तर्गत आज अन्तिम चरणको उपचार हुँदैछ । यो उपचार सकिएपछि प्रधानमन्त्रीसँगै उपाध्यक्ष गौतम र महासचिव पौडेल पनि फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...