भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरे



हाम्रो इकोनोमि

 

सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।

आज कुनै एजेण्डामा निर्णय नभए पनि आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले जानकारी दिए ।

मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

 

प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो ।

तर, सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ मात्र भनेका थिए । उनले प्रधानमन्त्रीले ‘हेलो’ मात्र भनेको र आफूहरुले नमस्कार मात्र गरेको जवाफ संसदमा दिएका थिए ।

प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग सरकारका कामका बारेमा छलफल गरेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारका बारेमा जानकारी दिएका र मन्त्रीहरुले आफ्नो कामबारे प्रधानमन्त्रीलाई अपडेट गराएको रिमालले बताएका छन् ।

 

भदाै ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको उपचार भोलि सकिदैछ । उनले हाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्री ओली२० गते शुक्रबार स्वदेश फर्केन कार्यक्रम छ । उनलाई लिन नेकपाका  महासचिव विष्णु पौडले आजै सिंगापुर प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...