नेपाल र भारतका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने



हाम्रो इकोनोमि

 

दक्षिण एशियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको रुपमा रहेको नेपाल–भारत पाइपलाइनको भदौ २४ गते औपचारिक उद्घाटन गरिदै छ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेछन् ।

यसका लागि नेपाली समयअनुसार मध्यान्ह १२ः१५ बजेको समय निर्धारण गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुनेछन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुखहरु उक्त दिन अमलेखगञ्जस्थित डिपोमा हुनेछन् ।

मन्त्रालयका अनुसार नेपाली समयअनुसार १२ः१५ बजे दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा मोतीहारी डिपोबाट तेल पठाउने भल्भको स्वीच अन गर्नेछन् । यसअघि नै पाईपमा डिजेल भरेर राखिएकाले तत्काल पुनः दुवै प्रधानमन्त्रीले नेपालको अमलेखगञ्ज डिपोमा तेल खस्ने भल्भ पनि स्वीच अन गर्नेछन् । करिब ५ मिनेटको यो कार्यपछि भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट नियमित तेल डिपोमा जम्मा हुन थाल्नेछ ।

उक्त पाइपलाइनको साउन २ गते सफल परीक्षण सम्पन्न भएको थियो । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्दछ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

अर्थ मन्त्रालयले भदौ ९ गते राजपत्रमा सूचना जारी गरेर तेल भन्सार ऐन २०६४ को दफा ३ को उपदफा २ बमोजिम मोतीहारीदेखि अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइनलाई वैधानिकता दिएको थियो ।

नेपालतर्फको पाइपलाइनको सुरक्षा जिम्मा नेपाली सेनाले पाएको वाणिज्य मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बताइन् । भारतले भने आफ्नो भूमितर्फको पेट्रोलियम पाइपलाइन सुृरक्षा भारतको तेल उद्योग सुरक्षा निर्देशनालय (ओइएस आईडी) एवं पेट्रोलियम तथा बिस्फोटन सुरक्षा संगठन पीईएसओबाट गराउनेछ । भारतले आफ्नो क्षेत्रको पाइपलाइनको सुरक्षा रेखदेख ड्रोन क्यामेरामार्फत गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...