रवि लामिछाने उच्च अदालतमा



हाम्रो इकोनोमि

 

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको भन्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।

लामिछाने र कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् । उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्‍च अदालत हेटौंडा इजलासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा सुस्ता बचाउ अभियानको धर्ना

    सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ । भारतीय...

पार्टी एकताको सम्भावना छैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी एकताको सम्भावना नरहेको...

नागरिकता र लालपुर्जा माग्दै माइतीघरमा धर्ना बस्ने सुस्ताबासीको तयारी

    भारतीय सीमावर्ति क्षेत्र नवलपरासीको सुस्ताका बासिन्दा नागरिकता र भूमि अधिकारको माग...

देशभर तीन दिनसम्म भारी वर्षाको सम्भावना

    देशभर मनसुनी गतिविधि बढ्न थालेको छ । जल तथा मौसम विज्ञान...