विद्यार्थीले विदा मागेको निवेदन बाहिरिँदा दुनियाँ चकित, विद्यालयले विदा दिएपछि झनै चकित !



हाम्रो इकोनोमि

 

 

तपाईले आफुले विद्यालयमा विदा माग्नुपर्दा कस्तो–कस्तो बहाना बनाउँनु भएको छ ? कतिले त विदा नलिनु भएको वा भन्दै नभनेर विदा बस्नु भएको पनि हुन सक्छ । तर सामान्यतया विदा माग्ने चलन सरकारी निजी दुवै विद्यालयमा नियम हुन्छ ।

तर अहिले बाहिर आएको एक विदा माग्ने बहाना देखेर दुनियाँ चकित भएको छ । भारत उत्तर प्रदेशको कानपुरमा आठ कक्षाका एक विद्यार्थीले प्रिन्सिपललाई आफ्नै मृत्युको कारण देखाउँदै छुट्टी मागेका छन् । प्रिन्सिपलले लापरवाहीको नमूना प्रस्तुत गर्दै आवेदनमा स्विकृत लेखेर बिदा पनि दिएका छन् । वास्तवमा, जीडी रोड स्थित रोड स्कूलमा अध्ययनरत विद्यार्थी बिदा लिन चाहन्थे । त्यसकारण उनले प्रिन्सिपललाई बिदा आवेदन पठाए ।

विद्यार्थीले लेखेका थिए, ‘नम्रतापूर्वक अनुरोध गरिएको छ कि आवेदक सन्तोष (नाम परिवर्तन) २० अगस्त बिहान १० बजे मेरो निधन भयो । सरलाई अनुरोध गरिएको छ कि मलाई खाजा समय (हाफ टाइमपछि) बिदा लिने अनुमति दिनुभए हजुरलाई ठूलो दया लाग्नेछ ।’

यति मात्र होइन, प्रिन्सिपलले रातो कलमको साथ उक्त विदालाई स्विकृति गरेर आफ्नो हस्ताक्षर पनि गरेका छन् । हाफ टाइमपछि विद्यार्थीलाई घर फर्काइयो । उसले आफ्नो आवेदन केहि दिनको लागि लुकायो । उसले यस बारेमा केही दिन कसैसँग कुरा गरेन ।

तर केही दिनपछि एक–अर्कामा साथीहरूसँग छलफल गरिसकेपछि, जब यो आवेदनको कुरा शिक्षकहरू बीच पुग्यो तब यस्तो कुरा बाहिर आएको हो । अहिले यो छलफलको विषय भयो । व्यवस्थापन र विभागलाई पनि यस बारेमा अनुसन्धान गर्न भनिएको छ ।

निवेदनको मुल रुप नै नहेरी स्वीकृत गर्ने प्रधानध्यापकलाई अहिले ठूलो चोट लागेको छ । यसले जो कोहीले स्वीकृत गर्दा कागज राम्रोसँग हेरेर मात्र स्वीकृत गर्नुपर्ने भन्ने सन्देश दिएको भन्दै यो खबर सर्वत्र सेयर भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...