ऋषी धमलाले श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी खुवाउँदै गरेको तस्बिर भाइरल



हाम्रो इकोनोमि

 

पछिल्लो समय तीज नेपालमा एकातर्फ विकृति फैलाउँदै गइरहेको छ । अति नै छाडा खालका नाच बजारमा आउँने गरेका छन् । यो बीचमा अहिले पुरानो परम्परा पनि मान्छेहरु खास मन पराउँदैनन् । पतिको आयुका लागि पत्नी ब्रत बस्दा पत्नीको आयुका लागि पति पनि ब्रत वस्नुपर्छ भन्ने सोच भएका मान्छेहरु पनि हाम्रो समाजमा छन् ।

अहिले चर्चित पत्रकार ऋषी धमलाको एक तस्बिर भाइरल भइरहेको छ । उसो त धमला विवादमा परिरहेका हुन्छन् । हरितालिका तीजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

त्यति मात्रै होइन उनले पत्निलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो पनि सार्वजनिक भएको छ । धमला पत्नि एलिजा गौतमले उनको खुट्टाको पानी खाइरहेकी छिन् ।

गौतमको व्यक्तिगत चाहानाले खुट्टाको पानी खाएको भएता पनि सामाजिक सञ्जालमा भने धमलाको आलोचना शुरु भएको छ । बाहिर महिला समानताका कुरा गरेपनि घर भित्र भने दासत्व प्रणाली कायम भएको भन्दै टिप्पणी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...