राष्ट्र बैंकले भन्यो : कुनै पनि निक्षेपकर्ताको पैसा लुटिएको छैन, फिर्ता आउँछ



हाम्रो इकोनोमि

 

नेपाल राष्ट्र बैंकले ह्याकहरुले एटिएम कार्डबाट पैसा लुटेको विषयलाई लिएर चिन्तित नहुन निक्षेपकर्तालाई आग्रह गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पैसा लुट्ने ह्याकर पक्राउ परिसकेकाले कुनै पनि निक्षेपकर्ता आत्तिनुनपर्ने बताउनुभयो ।

‘ह्याकर पक्राउ नै नपरेको भएपनि लुटिएको पैसा बैंकहरुले दिनुपर्छ, यहाँ त ह्याकर नै पक्राउ परिसकेका छन्, निक्षेपकर्ताको पैसा १ रुपैयाँ पनि तलमाथि नभइ फिर्ता आउँछ, धेरै आत्तिनुपर्दैन ।’

एटिएम ह्याक हुनुमा निक्षेपकर्ताको भन्दा पनि बैंकहरुको कमजोर सुरक्षा प्रणाली भएको र यसबारेमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।

चिनिया ह्याकरले पीन नम्बर चोरी गरेर र नक्कली कार्ड बनाएर काठमाण्डौका विभिन्न एटीएम बुथबाट १ करोड रुपैयाँ भन्दा धेरै पैसा चोरी गरेका थिए । तर यो रकम बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ह्याकिङमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

अहिले प्रभु र एनआईसी एसियाबाहेकका बैंकले एटीएम चल्न थालेका छन् । राष्ट्र बैंकले सम्बन्धित बैंक बाहेक अर्को बैंकमा एटिएमको प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...