भोली तिज पर्वको अवसरमा ट्राफिक व्यवस्थापन (सूचीसहित)



हाम्रो इकोनोमि

 

सोमबार नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज । तिज पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ ।

प्रहरीले सोमबार चक्रपथभित्र सवारी यातायात सुचारु गर्ने तर पशुपतिनाथमा दर्शनार्थीका चाप अत्याधिक भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने जनाएको छ ।

ट्राफिक प्रहरीले मालबाहक सवारी साधनहरू, यात्रुबाहक सवारी साधनहरू चल्ने रूट व्यवस्थापन गरेको छ । तिजका अवसरमा हुनसक्ने भीड लक्षित गरी ट्राफिक प्रहरीले वैकल्पिक मार्गको पनि व्यवस्था गरेको छ ।

रोक लगाइएको :

– चावहिलबाट गौशाला तर्फ ।
– पुरानो बानेश्वरबाट गौशाला तर्फ ।
– ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ ।
– द्धारीका होटलको उत्तर तर्फको शाखा मार्ग ।
– सिफल चौरबाट जयबागेश्वरी तर्फ ।
– लामापोखरी कुटुवहालबाट मित्रपार्क तर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ ।
– तिलगंगाबाट गौशाला तर्फ ।
– मालबाहक सवारी   साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगा तर्फ ।
– जोरपाटी नारायणटारबाट करिडोरबाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाट तर्फ ।
– सिनामंगल पुलबाट करिडोरको बाटो हुँदै होटल महाराजा निस्कने मार्ग ।
– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चे पाटीबाट चावहिल तर्फ ।
– तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिलतर्फ

सवारीमार्ग व्यवस्थापन 

बस तथा माइक्रो बस :

– पुरानो बसपार्क – भद्रकाली – सिंहदरबार – माइतीघर – नयाँबानेश्वर –  तिनकुने – सिनामंगल हुँदै  तिलगंगासम्म  पुग्ने  र  यही बाटो हुँदै पुरानो  बसपार्क फिर्ता हुने ।
– पुरानो बसपार्क – भद्रकाली – नागस्थान – भोटाहिटी – जमल – केशरमहल – खानीविभाग – लाजिम्पाट – नारायणगोपाल चोक – चावहिल – बौद्ध – जोरपाटी – साँखुसम्म  पुग्ने र  यही मार्ग हुँदै जमलसम्म र त्यसपछि महेन्द्र शालिक  तीनधारा  पाठशाला हुँदै पुरानो बसपार्क फिर्ता हुने ।
– कालोपुल  हुँदै  कपन  चल्ने  सवारी  साधनहरू खानी विभाग,  लाजिम्पाट  हुँदै महाराजगञ्जको बाटो चलाउने ।

माइक्रो  बस तथा टेम्पो :

– सुन्धाराबाट मैतीदेवी – पुरानो बानेश्वर – चावहिल  हुँदै  बौद्धतर्फ  चल्ने  माइक्रो बस तथा  टेम्पोहरू  महेन्द्र  शालिक – कृष्णपाउरोटी – जय नेपाल – सिंह दोबाटो – नक्साल, भगवतीबहाल – सानोगौचरण –सिफल  उकालो –  लामपोखरी – गणेशस्थान – चावहिल  हुदै  जोरपाटी चलाउने ।
– जोरपाटी – बौद्धबाट  सुन्धारा  आउने  माइक्रो बस तथा टेम्पोहरू चावहिल –नारायणगोपाल चोक – लाजिम्पाट – केशरमहल – जमल – घण्टाघर  हुँदै सुन्धारा चलाउने ।

मालवाहक सवारी साधन :

– जोरपाटी – बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक  सवारी  साधनहरू चुच्चेपाटी – भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा – महाराजगञ्जतर्फ जानु पर्ने ।
– कोटेश्वर – तीनकुने – गौशाला  हुँदै बौद्ध  वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर – सातदोबाटो – कलंकी – महाराजगञ्ज र  बौद्ध  जाने  मालवाहक  सवारी  साधन गोपीकृष्ण हल – कपन – महाँकाल – चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने ।
– कोटेश्वर तीनकुने हुँदै पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू गैरीगाउँमा मेला अवधिभर कुर्नुपर्ने ।
– महाराजगञ्ज – चावहिल हुँदै पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी  साधन बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने ।
– कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध – जोरपाटी जाने मालवाहक  सवारी  साधनहरू जडिबुटी – पेप्सीकोला – गोठाटार पुल हुँदै जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङ व्यवस्थापन :

तिलगंगा – दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक (तिलगंगा आँखा अस्पताल छेउ)
तिलगंगा चोक – स्थानीय दर्शनार्थीका सवारी साधन ।
सिफलचौर – स्थानीय दर्शनार्थीका सवारी साधन ।
गुहेश्वरी पारी – वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...