बिहीबारको जापान उडान स्थगित गर्ने योजनामा नेपाल एयरलाइन्स



हाम्रो इकोनोमि

 

ताको तीन उडान गर्ने गरी काठमाडौं ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै एक उडान स्थगित गर्ने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ ।

दशैंको सिजन भएकाले जापानबाट नेपाल आउने यात्रु सन्तोषजनक रहेपछि काठमाडौंबाट जापान जाने यात्रु कम छन् । त्यस कारण रित्तै जहाज उडानुभन्दा यात्रु बढ्दा साथ उडान थप्ने गरी सातामा दुई उडान मात्र गर्ने तयारी छ । यसको फाइनल सेड्यूल भने नआइसकेको निगमका एक अधिकारीले जानकारी दिए ।

‘यात्रु नियमित हुने अवस्थामा स्थगित हुँदैन,’ उनले भने, ‘तर, अन्य यात्रु पाउने गन्तव्य छाडेर जापानमा रित्तो जहाज उडाउँदा निगमलाई पनि घाटा हुन्छ ।’

एयरलाइन्स बिजनेशमा यात्रु घट्दा र बढ्दा गरिने उडान थप र कटौतीको नियम अनुसार जापान उडान नियमित हुने उनले बताए । उनका अनुसार दशैं र त्यसपछि पनि अग्रिम बुकिङ राम्रो छ । तर, दशैं अगाडि बुकिङ ट्रेण्ड एकतर्फी छ । दशैंपछि काठमाडौंबाट जापान जाने यात्रु बढ्ने अपेक्षा छ ।

त्यसपछि पर्यटकीय मौसम सुरु हुने भएकाले यात्रु अभाव नहुने निगमले अपेक्षा गरेको छ । निगमले १२ वर्षपछि गत १२ भदौदेखि जापान उडान थालेको थियो । शनिबार जापानबाट काठमाडौं आउँदा निगमको जहाजमा ९५ यात्रु रहेका थिए । जापानका लागि निगमले मंगलबार, बिहीबार र शनिबारको उडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...