अबको १० दिनमा पाइपलाइनबाट नेपालमा तेल आउने



हाम्रो इकोनोमि

 

अब १० दिनमा नेपाल र भारत पेट्रोलियम पाइपलाइनबाट तेल आउने भएको छ । पेट्रोलियम पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले १० सेप्टेम्बर (२४ भदौ) गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका प्रवक्ता नवराज ढकालले पाइपलाइनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट गर्ने कार्यक्रम तय भएको बताए ।

प्रवक्ता ढकालले दुवै देशका प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको उद्घाटन आप्mनै कार्यकक्षमा रहेर रिमोट कन्ट्रोलमार्फत संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको बताए । ‘पेट्रोलियम पाइपलाइनको उद्घाटन कार्यक्रम तय भइसकेको भए पनि सुरक्षा जिम्मा कसलाई दिने टुंगो लागेको छैन, पेट्रोलियम पाइपलाइन सुरक्षाका लागि कसलाई दिने भन्ने विषय गृह मन्त्रालयलाई दिएको छ । नेपाली सेनालाई दिने कि सशस्त्र प्रहरीलाई दिन गृह मन्त्रालयको निर्णय हुन्छ,’ प्रवक्ता ढकालले भने ।

नेपाल आयल निगमका अनुसार प्रधानमन्त्री ओलीले पाइपलाइनको रिमोट कन्ट्रोल अन गरेपछि अमलेखगन्जमा रहेको पाइपलाइनको भल्भ खुल्नेछ भने भारतबाट प्रधानमन्त्री मोदीले रिमोट कन्ट्रोलबाट उद्घाटन गर्दा मोतीहारीमा पाइपलाइनको भल्भ खुल्नेछ ।

संयुक्ता रूपमा दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको गरे पनि २४ भदौबाट नियमित रूपमा पाइपलाइनबाट तेल आयात हुनेछ । रिमोटमार्फत पाइपलाइनका उद्घाटनपछि अमलेखगन्ज, मोतीहारी, दिल्ली र बालुवाटारमा स्क्रिनमा देखिनेछ । निगमका अनुसार पाइपलाइनबाट दैनिक करिब ३ हजार ५ सय किलोलिटरसम्म डिजेल आयात गरिनेछ ।

पाइपलाइनबाट आएको डिजेल बाराको अमलेखगन्जमा रहेको डिपोमा जम्मा गरिने जनाइएको छ । औपचारिक रूपमा २४ भदौबाट आउने भए पनि पाइपलाइनबाट तेल एक महिनाअघि नै आइसकेको थियो ।

राष्ट्रिय गौरवका परियोजनाको ढिलासुस्ती भए पनि राष्ट्रिय गौरवको परियोजना मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम भने निर्धारित समयभन्दा आठ महिनाअघि सकिएको थियो ।

परियोजना निर्माणका लागि नेपाल र भारतबीच ७ भदौ २०७२ मा यस परियोजनाको निर्माण मन्त्रिस्तरीय सम्झौता भएको थियो । पाइपालाइन परियोजनाको शिलान्यास २४ चैत २०७४ मा नेपाल र भारतका प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीबाट संयुक्त रूपमा गरेको थियो । पाइपालनको निर्माण २०१८ बाट सुरु गरेर २०२० माघमा महिना पाइपलाइनबाट तेल ल्याउने परियोजनको लक्ष्य रहेको थियो । पाइपलाइनको दूरी ६९.२ किलोमिटर छ । पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ ।

पाइलाइनबाट ढुवानी गरेको तेल भण्डारण गर्नका लागि बाराको अमलेखगन्जमा दुईवटा ४ हजार १ सय किलोलिटरका र दुईवटा ३ हजार ९ सय किलोलिटरका ट्यांकी निर्माण कार्य सम्पन्न भइसकेका छन् । भारतको मोतीहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्म ७० किलो मिटर लम्बाइ भएको सो पाइपलाइन भारतीय आयल कर्पाेरेसन (आईओसी) र निगमको संयुक्त लगानीमा निर्माण भएको छ ।

भारतको २ अर्ब र निगमको ७५ करोड भारतीय रुपैयाा लागतमा सम्पन्न सो परियोजनाको निर्माण कार्य सम्पन्न हुन लागेको हो ।पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउनेछ । परियोजना निर्माण सम्पन्न भएपछि नेपाललाई वार्षिक करिब २ अर्ब रूपैयाँ फाइदा हुनेछ । पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दा हुने ट्राफिक जामजस्ता समस्या समाधान हुनेछन् । पाइपलाइनबाट तेल ल्याउँदा वातावरण प्रदूषणसमेत स्वतः नियन्त्रण हुनेछ ।

पाइपलाइनबाट तेल ल्याउँदा ढुवानीबापतको २ अर्ब रूपैयाँ बचत हुने निगमले जनाएको छ । निगमका अनुसार ढुवानी खर्च बचत भएपछि उपभोक्ताले सस्तो मूल्यमा तेल पाउनेछन् । रक्सौलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रतिलिटरमा ६० पैसा कम हुने निगमले जानकारी दिएको छ । राजधानी देनिकबाट

प्रतिक्रिया दिनुहोस
दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...