मन्त्री बास्कोटाले भने प्रेस स्वतन्त्रताको नाममा गणतन्त्रलाई चुनौती दिने कार्य स्विकार्य छैन



हाम्रो इकोनोमि

 

सरकारले प्रेसलाई नियन्त्रण गर्ने खालको तयारी थालेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा समाजले पचाउन नसक्ने खालका विषयहरु आउँने गरेका छन् । समाचार परिवारसँगै बसेर हेर्न सक्ने अवस्था छैन । यो बीचमा सरकारले सञ्चारलाई खुल्ला छोड्ने भन्दा पनि नियन्त्रण गरेर लैजाने तयारी थालेको हो ।

सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको बताउनु भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले यस्तो बताउनु भएको हो । प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको उहाँको जिकिर छ ।

लोकतन्त्र गणतन्त्र स्थापित नहोस्, भद्रगोल होस् प्रणालीले काम नगरोस् भन्ने तहबाट हुने बाहय हमलाहरु र मिडिया आफै बहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दता गरेको कुरा स्विकार गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले प्रेसको परिभाषाभित्र अनुबन्धित गरेर जान खोज्ने कुराले प्रेसको विश्वसनीयतामाथि प्रश्न उठाएको र त्यो आन्तरिक चुनौती रहेको भन्दै सबै चुनौतीको सहज व्यवस्थापन गर्ने सोचमा आफुहरु रहेको बताउनुभयो ।

नागरिकले प्रेसप्रति विश्वास गर्ने दृष्टिले मर्यादा र सीमालाई सोचेर सरकारले विधेयकमा केही त्यस्ता व्यवस्था गरेको बताइएको छ । स्वतन्त्र प्रेसको नियन्त्रण लोकतन्त्रको मूल्य पद्धतिभित्र नपर्ने विषय भएको भन्दै उहाँले सरकारले कानुनी नियमन र स्वनियमनलाई विधेयकमा उठाइएको कुरा स्पष्ट पार्नुभयो । कारबाही प्रक्रियाको बारेमा उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टीकरण अनि क्षतिपूर्ति वा जरिबानाका विषय राखिएको भन्दै उहाँले क्षतिपूर्ति र दण्ड जरिबानाका कुरालाई अदालती प्रक्रियामा लैजान सकिने कुरा उल्लेख गर्नुभयो ।

पछिल्लो समय पत्रकारिताभन्दा पनि मिसनकारितामा मिडियाको प्रयोग भइरहेको गुनासो गर्नुभयो । अहिले अचम्मका प्रवृत्ति देखिएको भन्दै उहाँले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्यलाई स्वीकार गर्न सरकार तयार नभएको जिकिर गर्नुभयो । संसदमा उहाँले भन्नुभयो, ‘जसलाई जे पनि भनेको छ । जे पनि आरोप लगाएको छ । जवाफदेहिता छैन । उत्तरदायित्व छैन । संविधान खारेज गरौँ । संशोधन होइन खारेज । समाप्त गरौँ । अर्को चिज ल्याऊँ ।

यो पनि पत्रकारिता हो ?’ उहाँले अगाडी थप्दै भन्नुभयो, ‘यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने ? यो त्यस्तो हो ? म सोध्न चाहन्छु । भन्न पनि चाहन्छु । हिजो निरकुंश कालमा जय जय गान गाएर हिँड्ने त्यसको विषयमा केही बोल्न नसक्ने त्यसका विरुद्ध लडेर आएको शक्तिलाई चाहिँ अथ्र्यौकै गर्नका निम्ति यो चाहिँ लोकतन्त्र ? लोकतन्त्र लोकतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति हो । त्यसको समाप्तिका लागि त्यो छुट दिन सकिन्न । सकिन्छ र ?’ तानाशाही व्यवस्थामा नबोल्नेले अहिले गणतन्त्र आफूले ल्याएको दाबी गर्दै त्यस विरुद्ध विभिन्न वक्तव्य बाजी गर्दै हिँडेकोमा पनि उहाँले आपत्ति जनाउनुभयो ।

उहाँले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई समाप्त पारेर फेरि जाग्न खोजेको उहाँको आरोप छ । कहिले देश टुक्राउन आउ । कहिले गणतन्त्र समाप्त गर्न आउ । कहिले के गर्न आउ भनेर गणतन्त्रलाई खुल्ला चुनौती दिन खोज्ने प्रवृति बढेकोमा दुःख व्यक्त गर्नुभयो । फरक प्रशंगमा नेताहरुको मानमर्दन गरी स्थापित प्रणालीलाई नै समाप्त पार्ने विषयलाई स्वतन्त्र प्रेसको रुपमा परिभाषा गर्ने विषय सरकारलाई मान्य नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...