रवि लामिछानेविरुद्ध पर्यो अर्काे मुद्दा



हाम्रो इकोनोमि

 

सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेर अदालतको धरौटी आदेशमा रिहा भएका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध अर्काे मुद्दा परेको छ।लामिछानेविरुद्ध निर्मला पन्त हत्या प्रकरणलाई लिएर कञ्चनपुर जिल्ला अदालतमा पनि मुद्धा परेको हो।

निर्मला हत्याको आरोप लागेका दिलिपसिंह विष्टका दाई खड्क बिष्टले रवि लामिछाने, सीआईबीका तत्कालीन डिएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन्।

दिलिप विष्टलाई निर्मला बलात्कार–हत्या प्ररकणमा प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । घटनामा संलग्न भन्दै सार्वजनिक समेत गरिएको थियो । तर, डिएनए नमिलेपछि उनी रिहा भएका थिए। दिलिपको अनुसन्धान तत्कालीन सीआईबीका डिएसपी जिसीले नै गरेका थिए । जिसीले उनीसँग लिएको भिडियो बयान सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्षपछि लामिछानेले न्यूज २४ बाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा दिलिपको त्यही भिडियो प्रशारण गरेका थिए भने सोही कार्यक्रममा निलम्बित डिएसपी जिसीले दिलिप नै निर्मलाको बलात्कार तथा हत्यामा संलग्न रहेको दाबी गरेका थिए ।

अनुसन्धानपछि घटनामा संलग्न नदेखिएर प्रहरीले छोडका व्यक्तिका विषयमा भ्रम हुनेगरि टेलिभिजनबाट कार्यक्रम प्रशारण गरेको तथा निलम्बित डिएसपी जिसीले मानमर्दन हुने काम गरेको भन्दै उनीहरुविरुद्ध मानहानीको मुद्धा दायर भएको हो।

यसअघि कञ्चनपुरका पत्रकार खेम भण्डारीले पनि सिधा कुरा जनतामा ल्याएर आफूलाई अपमानित गरिएको, सूचना चुहाइएको भन्दै लामिछाने र न्यूज २४ विरुद्ध पत्रकार आचारसंहित उल्लंघनको आरोपमा प्रेस काउन्सिलमा मुद्धा दायर गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...