ठेकेदार भारतीलाई नेपाल प्रहरीले समात्यो



हाम्रो इकोनोमि

 

नेपाल प्रहरीका विभिन्न ठेक्कामा काम गरिरहेका ठेकेदार शम्भु भारतीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ । सुडान घोटाला काण्डमा दोषी देखिएर फरार रहेका भनिएका भारतीलाई ललितपुर निवासबाट पक्राउ गरिएको छ  । सीआइबीले उनलाई सर्वोच्च अदालतमा बुझाउनेछ । फरार सूचीमा रहेका कारण उनलाई नियन्त्रणमा लिएर अदालतमा बुझाइने भएको हो ।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यो कम्पनीलगायत भारतीको स्वामित्वमा रहेका अन्य कम्पनीले पनि प्रहरीमा अहिले पनि विभिन्न शीर्षकमा ठेक्काको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...