रेशम चौधरीमाथि राज्यबाट अन्याय भयो : मोहन वैद्य



हाम्रो इकोनोमि

 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’

थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनको दाबी छ । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भएपनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।

अर्को एक प्रशंगमा उनले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको टिप्पणी गरे । सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनको दाबी छ । अमेरिकाको इण्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको वैद्यको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...