युट्युबहरू कम्पनीमा दर्ता गर्नुपर्छ, छाडालाई कारबाही हुन्छः मन्त्री बास्कोटा



हाम्रो इकोनोमि

 

युट्युब च्यानलहरूले बिकृति फैलाएको आरोप लागिरहेका बेला सरकारले नियमन गर्ने घोषणा गरेको छ । युट्युब च्यानलहरूमा देखाइने सामाग्रीहरूलाई नियमन र अनुगमन गर्ने गरेर विधेयक ल्याउन लागेको सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बताएका छन् । कानून र करको दायराभित्र रहेर युट्युबहरू चल्नुपर्ने चेतावनी दिए ।

‘युट्युबमा छाडा विषयवस्तु र सामाग्रीहरू राख्ने गरिएको छ । यसलाई नियमन गर्ने नै हो’, उनले भने, ‘अर्को आमसञ्चार विधेयक आउँछ । त्यसले युट्युबहरूलाई कानून र नियमभित्र राख्छ ।’

नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा सरकारका प्रवक्ता बास्कोटाले युट्युबहरूलाई दर्ता गरेर मात्रै चलाउन पाउने बताए ।

‘युट्युबहरू दर्ता भएर कम्पनीका रुपमा आउनुपर्छ । उनीहरूका लागि कानून आउँदै छ’, उनले भने, ‘समाजलाई बिथोल्ने गरेर आउन पाइँदैन । युट्युबहरूले कर तिर्नुपर्छ । कर प्रणालीभित्र आउनुपर्छ ।’

मन्त्री बास्कोटाले सामाजिक सञ्जालबाट करोडौँ रुपियाँ विदेशिने गरेको बताए । ‘बुस्ट गरेर नेपालको पैसा विदेश पठाउने गरिएको छ’, उनले भने, ‘यो कार्यलाई नियन्त्रण गर्नै पर्छ ।’

मन्त्री बास्कोटाले पत्रकारहरूलाई आफ्नो दायराभित्र बस्न चेतावनी दिएका छन् । उनले भट्टी पसलमा बसेर पत्रकारको कार्ड देखाउने र ब्ल्याकमेलिङ गर्ने छुट कसैलाई पनि नरहेको बताए ।

‘गलत कार्य र समाचार लेख्ने पत्रकारहरू जेल जानुपर्छ’, उनले भने, ‘पत्रकारले दण्डजरिवाना पाउनुपर्छ । कानून र संविधानभन्दा माथि पत्रकार होइन ।’

‘देशलाई भीडबाट चलाउने कुरा हुँदैन लोकतन्त्रमा’, मन्त्री बास्कोटाले भनेका छन्, ‘टेलिभिजनहरूका लागि विदेशी विज्ञापन नबजाउनेसम्बन्धी क्लीन फिड विधेयक पारित भएको छ । यो नमानेर के गर्नु ? मान्नै पर्छ ।’

नेपाल पत्रकार महासंघ आमसञ्चार विधेयकका विषयमा बहकाउमा लागेको आरोप मन्त्री बास्कोटाले लगाएका छन् । ‘आमसञ्चार विधेयकका विषयमा मैले नगरेकै कुरा भनियो’, उनले भने ।

पत्रकारको परिचय पत्र लाइसेन्सवाला ठेकेदारले पनि बोक्ने गरेको उनले बताए । ‘लाइसेन्सवाला ठेकेदार पक्राउ पर्दा पत्रकारको कार्ड पनि छ भनेर प्रेस स्वतन्त्रता हनन् भयो भन्न पाइँदैन’, मन्त्री बास्कोटाले बताए ।

सरकारका प्रवक्ता बास्कोटाले जथाभावी बोलेर गणतन्त्रको विरोध गर्न नपाइने चेतावनी दिएका छन् । ‘गणतन्त्रको विरोध गर्न पाइँदैन । जनताले लडेर ल्याएको हो’, उनले भने, ‘जथाभावी बोलेर हिँड्न छुट दिइँदैन । बोल्ने कुरा पत्रकारिता होइन । टेलिभिजनको पर्दामा बसेर जथाभावी बोल्ने काम पनि अभिव्यक्ति स्वतन्त्रता होइन ।’

मन्त्री बास्कोटाले पत्रकारहरूलाई बेलायत, फ्रान्ससहितका देशमा करोडौँ रुपियाँ जरिवानाको व्यवस्था रहेको बताए । ‘पत्रकारलाई बेलायतमा दुई करोड ८० लाख जरिवाना छ । फन्समा ५० हजार युरो जरिवाना हुन्छ’, उनले भने, ‘यहाँ पनि पत्रकारलाई जरिवाना हुनुपर्छ । गलत गर्नेलाई छुट दिनु हुँदैन ।’

सरकारका प्रवक्ता बास्कोटाले प्रधानमन्त्री केपी ओलीको ट्वीटर ह्याण्डल अरुले चलाउने गरेको बताएका छन् । ‘प्रधानमन्त्री आफूले ट्वीटर ह्याण्डल चलाउनु हुँदैन’, उनले भने, ‘अरुले चलाउँछन् । भिडियो कन्फ्रेन्सबाट क्याबिनेट बसेको बारेमा गलत भनिएको थियो ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...