अचम्म कि युवती जसले महिनावारीका बेला आउने रगत अनुहारमा यसरी लगाउ छीन



हाम्रो इकोनोमि

 

 

२७ वर्षकी लौरा टेक्सीरिय हरेक महिना महिनावारीको क्रममा श्राव हुने रगत जम्मा गरेर उनी आफ्नो अनुहारभरि पोत्छिन् ।

त्यसपछि बाँकी भएको रगतलाई पानीमा मिसाएर आफूले रोपेका बोट बिरुवामा हाल्छिन् । ‘सिडिङ् द मून’ नामको यो प्रथा विभिन्न पुरानो मान्यतासँग प्रेरित छ जसमा महिनावारीको रगतलाई उर्वरताको प्रतिकको रुपमा हेरिन्थ्यो ।

यो प्रथालाई मान्ने महिला आफ्नो महिनावारीलाई आफ्नै अन्दाजमा बाँच्छन् । लौरा बीबीसीलाई भन्छिन्, ‘जब म आफ्ना बोटबिरुवामा पानी हाल्छु तब म, मलाई माफी दिनुस् । म तपाईंलाई धेरै माया गर्छु र तपाईंप्रति आभारी छु भन्दै एउटा मन्त्र जप्छु । ’

लौराका अनुसार जब उनी आफ्नो रगतलाई अनुहार र शरीरमा लगाउँछिन् तब उनी आँखा बन्द गर्छिन् र आभारी महसुस गर्छिन् । यसले उनलाई शक्तिको संचार भएको महसुस गराउँछ । लौराका अनुसार यो प्रथा महिलालाई सशक्त बनाउनसँग सम्बन्धित छ ।

उनी भन्छिन्, ‘समाजमा सबैभन्दा ठूलो भेदभाव मासिक धर्मसँग जोडिएको छ । समाजले यसलाई खराब मान्छ । सबैभन्दा ठूलो लज्जाको विषय पनि यही हो किनभने महिला आफ्नो महिनावारीको दौरान सबैभन्दा धेरै लज्जा महसुस गर्छिन् ।’

सन् २०१८ मा ‘वर्ल्ड सीड योर मून डे’ इभेन्टलाई सुरु गर्ने बडी साइकोथेरेपिस्ट, डान्सर र लेखक मोरेना कार्डोसो भन्छिन्, ‘महिलाका लागि सिडिङ द मून एक निकै सरल र उनीहरुको मनलाई शक्ति दिने तरिका हो ।’

गत वर्ष यो कार्यक्रमको बेला दुई हजार मानिसले आफ्नो मसिक श्राव हुने रगतलाई बोटबिरुवामा हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...