किन नेपाल आउँदैछिन रविकी पूर्व पत्नी इशा ?



हाम्रो इकोनोमि

 

अहिले दुई छोरीसहित अमेरिकामा रहेकी रवि लामिछानेकी पूर्व पत्नी इशा लामिछाने नेपाल आउने भएकी छिन् । शालिकराम पुडासैनी आत्मह’त्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि सोमबार ५ लाख धरौटीमा रि’हा भए लगत्तै इशा नेपाल आउने बताइएको हो ।

उनी नेपाल किन आउँदैछिन् भन्नेबारे भने खुलाइएको छैन् । नेपाल आउनुको कारणबारे सोध्दा उनले अहिलेलाई यति बुझ्नुहोस् कि म नेपाल आउने पक्का छ भन्ने जवाफ दिएको बताइएको छ । यद्यपी उनी नेपाल आउने मिति भने तय भएको छैन् ।

२५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्दै रवि लामिछाने र इशाले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेदपछि रविले गत वर्ष चलचित्र विकास बोर्डकी तत्कालिन अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए ।

केही दिन पहिले खबर आएको थियो कि लामिछानेको अमेरिकामा भएको घर लिलाम हुने अवस्थामा पुगेको छ । उनले घरको किस्ता नबुझाएपछि यस्तो चेतावनी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...