मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश



हाम्रो इकोनोमि

 

आज बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले बिवादास्पद मिडिया काउन्सिल बिधेयक पेश गर्ने भएका छन् ।

राष्ट्रिय सभा बैठकको संभावित कार्यसूचीको पहिलो बुँदामा सो विषय रहेको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सेफगार्ड, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ बिधेयक २0७५ माथि बिचार गरियोस भन्ने अर्को कार्यसूची रहेको छ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भूमि सम्बन्धी आठौं संसोधन विधेयक २0७५ लाई दफावार छलपलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भनेर प्रस्ताव गर्ने कार्यसुची रहेको छ ।

वनमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त वातावरण संरक्षण विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव गर्ने कार्यसुची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...