युवतीलाई सम्बन्ध राख्न आकर्षित गराउने पाँच तरिका



हाम्रो इकोनोमि

 

 

हुन त हाम्रो समाजमा श्रीमान् श्रीमतीबीच अनिवार्य यौनसम्पर्क हुन्छ भन्ने विश्वास गरिन्छ । उनीहरुले सहवास गर्न कुनै पनि मेहनत गर्नुपर्दैन । जब सम्भोग गर्न मन लाग्छ गर्न पाइन्छ भन्ने सोच पनि नभएको होइन । झन हिन्दूधर्ममा त श्रीमान् श्रीमतीबीच सृष्टिको निरन्तरता गर्नलाई यौनसम्पर्क अनिवार्य भनिएको छ ।

तर यौनसम्पर्कलाई केवल सृष्टि निरन्तरता गर्ने हिसावले आधुनिक युगमा लिन छाडिएको छ । यौनलाई प्रेम आनन्द र जीवनशैलीको रुपमा हेर्न थालिएको छ । जबर्जस्ती यौनसम्पर्क गर्दा सम्बन्धमा खल्लोपना आउने तथा एक अर्कासँग समय बिताउन मन नलाग्ने पनि हुनसक्छ ।
आजभोलि त श्रीमानले श्रीमतीको इच्छाविपरीत हुने सम्भोगलाई वैवाहिक बलात्कार भनेर नाम समेत दिइएको छ । श्रीमती बलात्कारीको आरोपबाट जोगिन र सम्भावित बलात्कार हुनबाट जोगिन यी उपायहरु अपनाउन सकिन्छ ।

१. सकारात्मक प्रतिक्रिया गर्न थाल्नुहोस्

श्रीमतीलाई सँधै गाली गरिरहनु हुन्छ वा उनलाई कमजोर वा केही नजान्ने भनेर भनिरहनुहुन्छ भने तपाईंप्रति तपाईंकी श्रीमतीको आकर्षण घट्दै जाने सम्भावना हुन्छ र आर्कषण घट्दै जानुको कारण यौनसम्पर्कमा मन जान छाड्छ । त्यसैले उनको तारिफ गर्नुस् । उनी हरेक कुराहरु तपाईंभन्दा राम्रोसँग गर्न सक्दिनन् भन्ने भावना मनबाट निकाल्नुहोस् ।

२. घरको काममा ध्यान दिनुहोस्

तपाईं यो सो सोच्न छाडिदिनुहोस् की घरको काम गर्ने जिम्मेवारी श्रीमतीको मात्र हो भनेर । अचेल कामकाजी महिलाहरुलाई घर तथा कार्यालयको वातावरण मिलाउन हम्मे हम्मे परेको हुन्छ। अझ सानो बच्चा पनि छ भने उनको दिमागबाट यौन त आफै हराएर जान्छ ।

किनकी यो भन्दा पनि महत्वपूर्ण उनको जिन्दगीमा बच्चा, खानापिना र कार्यालयको काम हुने गर्दछ । त्यसकारण यदि तपाईं उनीसँग यी सबै कामको बाबजुद पनि यौनसम्पर्कका लागि समय निकालिदियोस् भन्ने चाहनुहुन्छ भने घरको काममा हात लगाउने बानी लगाउनु होस् ।

भान्सामा तरकारी काट्ने, खाना पकाउन सघाउने, सरसफाइमा सघाउने जस्ता काम गर्दा तपाईंप्रति उनको अगाढप्रेम स्वतः बढ्छ । बच्चालाई खान खुवाउने, फोहोर गरेको छ भने सफा गरिदिने गर्न थाल्नु भयो भने महिलाहरु तपाईंसँग आकर्षित भइरहन्छन् । यस्ता पुरुषलाई महिलाहरुले आदर्श पुरुषको रुपमा सम्मान गर्दछन् ।

३. अंगालो हाल्न सुरु गर्नुुस्

उनीसँग भेट्दा वा अलग हुँदा अंगालो हाल्ने बानी बसाल्नुस् । ओछ्यानमा आएपछि अलि कसिलो अंगालो हाल्नुहोस् । यसले उनलाई तपाईप्रति आकर्षित गर्दछ । यस्तो पनि हुन सक्छ कि यौनसम्पर्कका लागि उनी आफै सुरुवात गर्न थाल्नेछिन् । यदि उनले आफै शुरु गरिन् भने कहिले पनि मौका नगुमाउनुहोस् । उनको यौनइच्क्षालाई सम्मान गर्नुहोस् । यसलाई छाडाको संज्ञा नदिनुहोस् ।

४. सम्भोगको अवधीमा जिस्किरहनुहोस वा शरीरलाई एकदमै नजिक राख्नुहोस्

चुपचाप यौनसम्पर्क गरेको महिलाहरुलाई मन पर्दैन वा एकदमै बलप्रयोग गरेर शरीरलाई कसेर राख्नाले नकारात्मक प्रभाव दिनसक्छ । त्यसैले मायालु भाषामा जिस्किनुहोस् । उनको शरीरलाई अनावश्यकरुपमा पीडा नदिनुहोस् । ओठ, छाती र हातका औंलाहरुलाई उत्साहित पार्नुहोस् । यसले यौनसम्पर्कमा थप रोमान्स थप्ने गर्छ । र, यही रोमान्स प्राप्ति गर्नकै लागि उनलाई तपाईसँग सम्भोगको निम्ति लालायित गराउँछ ।

५. उनको शरीरको तारीफ गर्नुहोस्

जव यौनसम्पर्क गर्न थाल्नुहुन्छ यो भन्न छाडिदिनु होस् की, तिम्रो स्तन कति झोलिएको ? तिम्रो शरीर किन यति गिलो ? यो कति नराम्रो दाग ? तिमीले म वाहेक अरुसँग सहवास त गरेकी छैनौं नि आदि इत्यादि । यी कुराले उनीमा निराशा जगाउँछ । त्यसैले यौनसम्पर्क झर्किलो बन्दछ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...