संविधान दिवसमा माेदी नेपाल नआउने



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधान दिवसमा अतिथि बनेर आउन नसक्ने जवाफ पठाएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत संविधान दिवसको प्रमुख अतिथि बन्न पठाएका निम्तोलाई मोदीले आउन नसक्ने जानकारी गराएका हुन् ।

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको अवसर पारेर असोज ३ गते चौंथो संविधान दिवस मनाइँदै छ । संविधानका कतिपय प्रावधानमा असनतुष्टि प्रकट गर्दै तत्काल संविधान जारी नगर्न नरेन्द्र मोदीले भारतका तत्कालीन विदेश सचिव एस. जयशंकरमार्फत सन्देश पठाएका थिए ।

जयशंकरले संविधान जारी गर्ने दिन सार्न भनेका समेत थिए । तर मोदीको सन्देश बोकेर आएका जयशंकरलाई सबैभन्दा कडा जवाफ ओलीले दिएका थिए ।

भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरे । लगत्तै भारतले नेपालमाथि नाकाबन्दी लगायो । झन्डै ६ महिना नाकाबन्दी चल्यो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...